धरान । मारवाडी सेवा समिति धरानले भानुचौक तथा बीपी प्रतिष्ठान क्षेत्रमा खाना वितरण गरेको छ ।

भानुचौकमा रहेका सडकमा बस्दै आएका मानिसहरू तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीका कुरुवाहरूलाई खाना वितरण गरेको हो । समितिले ६ दिनअगिबाट खाना वितरण शुरु गरेको थियो । आर्थिक रूपमा विपन्न परिवार तथा सडक बालबालिकाहरूलाई लक्षित गर्दै खाना वितरण गरिएको समितिको सदस्य किरण अग्रवालले जानकारी दिए । समितिले बिहीबार ४ सय जना मानिसलाई खाना वितरण गरेको हो ।

तस्बिरहरूः उपेन्द्र चाम्लिङ

marwadi_dharan (2)

 

20200402_100154