धरान । धरान उपमहानगरपालिकाले ‘संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय’ ले तयार पारेको कार्यविधि बमोजिम असङ्गठित क्षेत्रका मजदुर तथा श्रमिकहरूलाई राहत वितरण गर्ने भएको छ ।

धरान उपमहानगरपालिकाले राहतका लागि स्थापना गरेको ‘फुड बैंक’ मार्फत् दैनिक ज्यालादारी तथा अतिविपन्न परिवारहरूलाई राहत वितरण गर्ने भएको छ । राहत वितरण गर्नका लागि अझै ४ दिन जति लाग्ने विपद् व्यवस्थापन शाखाका प्रमुख भेषराज घिमिरेले जानकारी दिए । उनका अनुसार हालसम्म फुड बैंकमा १५ सय केजीको हाराहारीमा चामल संकलन भइसकेको छ । त्यसमध्ये धरान जेसीजले १ हजार केजी चामल दिएको थियो भने धरानका व्यापारी तथा व्यक्तिगत तवरबाट ५ सय केजी चालम उपलब्ध भएको छ । अन्य प्रकारका सामग्री प्राप्त नभएको उनले जानकारी दिए ।

उनले भने, ‘सरकारले पठाएको मापदण्ड अनुसार राहत वितरण गर्छौ, राहत वितरण गर्न ३–४ दिन लाग्न सक्छ ।’ सरकारले बिहीबार मात्रै फाइनल रूपमा राहत वितरण गर्नका लागि निर्देशिका जारी गरेको छ । संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले सबैको हकमा लागू गर्ने गरी ‘असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड–२०६७’ बनाएको छ । उक्त मापदण्डमा २ जना परिवारभन्दा माथि रहेमा ३० केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २ पोका नुन, २ केजी चिनी, ४ वटा साबुन दिने उल्लेख छ । उक्त मापदण्डको दफा ५ को उपदफा १ बमोजिम सामग्री उपलब्ध गराउने गरी मापदण्ड तयार गरेको हो ।

khadya_nirdesika_3

khadya_nirdesika

मापदण्डअनुसार तत्काल राहत वितरण गर्नुपर्ने भन्ने उल्लेख भए पनि धरान उपमहानगरले ढिलाइ गरिरहेको छ । झुटा विवरण पेश गरी राहत लिएको पाइएमा त्यस्ता मजदुर तथा श्रमिकलाई कारबाहीसम्म गर्ने गरी निर्देशिका जारी गरिएको छ । निर्देशिकाको दफा ८ मा उक्त कारबाहीको व्यवस्था तोकिएको छ । कार्यविधिको प्रतिकूल हुने गरी राहत वितरणका लागि सिफारिस गर्ने अधिकारीलाईसमेत प्रचलित कानून बमोजिम कारबाही गरिने व्यवस्थासमेत गरेको छ ।

कारबाहीकाे व्यवस्था यस्ताे छ

khadya_nirdesika_2

राहत वितरण गर्नका लागि धरान उपमहानगरपालिका नगर प्रमुख तिलक राईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भइसकेको छ । समितिले वडा–वडाको तथ्याङ्क संकलन गर्दै विश्लेषणको आधारमा राहत वितरण गर्ने भएको छ । सङ्गठित क्षेत्रका मजदुरको हकमा भने सम्बन्धित संस्थाहरूले नै राहत तथा सहयोग उपलब्ध गराउनु पर्ने जनाइएको छ । असङ्गठितहरूको हकमा मात्रै राहत वितरण गर्न लागिएको हो । धरानमा असङ्गठित रूपमा कति मजदुर तथा श्रमिकहरू छन् भन्ने यकिन तथ्याङ्क हालसम्म संकलन गरिएको छैन ।

असंगठित भनेकाे के हाे ? हेर्नुस् ः 

khadya_nirdesika_one

khadya_nirdesika_two