धरान / कोरोना भाइरसका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको मूल्य घटट्दैगर्दानेपालले पनि घटाएको छ ।
नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाउने निर्णय गरेकोहो ।

नेपाली बजारमा पेट्रोलको मूल्य अव प्रतिलिटर ९६, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८५ भएको छ । कोरोना भाइरसको संक्रमण न्यून गर्न विश्वका सबैजसो मुलुक लकडाउनमा छन् । योसँगै उद्योग, कारखाना एवं यातायात ठप्प भएसँगै इन्धनको खपत घटेको छ । विश्व बजारमा इन्धनको मूल्य घटिरहेको छ ।