धरान / जताभावी राहत वितरण हुन थाले पछि लकडाउनले समस्यामा परेका विपन्न परिवारको लागि राहत संकलन, वितरण र समन्वयको लागि धरान उपमहानगरले सर्वपक्षीय राहत समिति गठन गरेको छ ।
उपमहानगरका मेयर तिलक राईको संयोजकत्वमा आज बसेको सर्वपक्षिय बैठकले समिति बनाएको हो ।
समितिको सहसंयोजकमा उपप्रमुख मञ्जु भण्डारी, सदस्यमा पूर्वमेयर मनोजकुमार मेन्याङ्बो, नागरिक समाजबाट गौरीशंकर अग्रवाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्की र नेपाल पत्रकार महासंघ सुनसरीका प्रतिनिधि पनि रहने जनाइएको छ ।