लक्ष्मीमार्ग । बेलवारी बजार क्षेत्रका दुईजना घरवालाले आफ्नो घरमा भाडा बस्नेहरुसँग लकडाउन अवधिको घाडा नलिने घोषणा गरेका छन् ।

लकडाउनका कारण मानिसहरुको आर्थिक उपार्जनमा समस्या भएको र धेरैको व्यवसाय र रोजगारी बन्द भएको अवस्थामा घरमा भाडा बस्नेहरु लाई यस अवधिको भाडा छुट दिने घोषणा गरेका हुन् ।

बेलबारी १मा घर भएका नितु थापा कोईराला र विकास कोईरालाको जोडिले र सुरेन्द्र तामाङले एक महिनाको घरभाडा नलिने घोषणा गरेको बेलवारी उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष राजेशजंग कार्कीले बताए ।