धरान । लायन्स क्लब अफ धरान विजयपुरले कोरोना लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएका परिवारहरूलाई खाद्यान्न वितरण गरेका छन् ।

लायन्सले धरान–५ र धरान–१५ र धरान ३ का १ सय ६३ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । धरान ५ का २२, धरान–१५ का ८० र धरान–३ का ८५ घरपरिवारलाई खाद्यान्नलगायत नुन, साबुन, तेल वितरण गरिएको हो । अध्यक्ष सुजाता श्रेष्ठको पहलमा सामग्रीहरू वितरण गरिएको थियो । डिष्ट्रिक ३२५ ए वान का गर्भनर लायन इन्द्र खत्रीले राहत सामग्री वितरण गर्नका लागि आह्वान गरेका थिए । लायन्सले धरान उपमहानगरपालिकाले बनाएको फुड बैङ्कमा १ सय बोरा चामल वितरण गर्ने योजनासमेत बनाएको डिष्ट्रिक चिफ लायन टङ्ककुमारी गुरुङले बताइन् ।