वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाको नडाहामा एक महिनाअघि भएको आगलागीबाट पीडित बनेका सुमन गिरीको परिवारलाई युवाहरूले ९२ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
गिरीलाई स्थानीय सन्तोष भनिने तेजबहादुर गिरी, महेन्द्र गिरी, सुबास तथा निरबहादुर पुरी, कमला थापा र जीवन कार्कीले ९१ हजार ५ सय १५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । गत फागुन ५ गते राति १० बजे विद्युत् सर्ट भई गिरीको घरमा आगलागी भएको थियो । गिरीलाई चैत १५ गते ३ नम्बर वडाका अध्यक्ष रुद्र दाहालको उपस्थितिमा रकम हस्तान्तरण गरिएको सुवीन विश्वकर्माले जनाए ।
स्थानीय दशनामी समाज भरौलले २९ हजार ९ सय २५ रुपैयाँ, अन्यबाट ४७ हजार ३ सय ३० रुपैयाँ, नेपाली कांग्रेसको ३ नम्बर वडा समितिले १४ हजार २ सय ६० रुपैयाँ प्रदान गरेको थियो । ३ नम्बर वडाले २ थान त्रिपाल उपलब्ध गराएको थियो । आगलागीबाट गिरीको बोइलर कुखुराको फार्मसहित घर जलेको थियो ।