कानेपाेखरि, मोरङ । काेराेना भाइरस (कोभिड–१९ ) जोखिम नियन्त्रणका लागि लकडाउन भइरहेका बेला मोरङकाे कानेपाेखरि गाउँपालिकाको ग्रामिण भेगका किशान चैते धान राेप्न व्यस्त देखिएका छन् । कोरोना भाइरसको संक्रमणका विषयमा गाउँमा पनि जानकार रहेपनि लकडाउनको बेला यहाँका कृषक  सामाजिक दुरि कायम गरि कृषी कर्ममा व्यस्त देखिएका हुन् ।

काेराेना भइरसबमाट जाेगिन मास्क र करिब एक मिटरकाे दूरी कायम गरि खेतमा काम गरेकाे कानेपाेखरीकी डमर कुमारी बराइलिले बताइन् । काेराेना भाइरसकाे संक्रमणबाट जाेगिन सावधानी अपनाएर कृषि कर्ममा लागेकाे उनले बताइन् । यहाँका ग्रामिण महिलाहरु चैते धान रोप्न व्यस्त छन् भने पुरुष खेतमा बाउसे लगाएर धान राेप्न तयारी बनाइदिएका छन । काेही तोरी घर भित्र्याउन व्यस्त देखिएका छन् । कतैकतै घर निर्माणमा पनि मजदुरहरु जुटिरहेका छन् ।

received_543203289930831 received_2605030476486076 received_500375514174940 received_555670975307797 received_2513645175620145 received_644879626088823 received_516497042591066 received_580601002547993 received_216294292806638