धरान । कोरानाभाइरसको लकडाउनका कारण धरानमा हरियो तरकारी बिक्री वितरणमा समस्या भएसँगै धरान उपमहानगरपालिले व्यवस्थित गर्ने तयारी थालेको छ ।

त्यसका लागि सम्बन्धित क्षेत्रका तरकारी व्यवसायीहरूसँग धरान उमहानगरले आइतबार छलफल गर्दै तरकारी व्यवस्थापन गर्ने जिम्मेवारी तोकेको छ । जसको संयोजकमा धरान उपमहानगरपालिका आफै रहेको छ भने सदस्यहरूमा धरान कृषि उपज बजार स्थलका अध्यक्ष पर्शुराम कटुवाल छन् । तरकारी व्यवसायलाई व्यवस्थित गर्नका लागि जिम्मेवारी तोकेको हो । धरान उपमहानगरबाट उपप्रमुख मञ्जु भण्डारी सुवेदी संयोजक रहेकी छन् ।

सदस्यहरूमा कृषि उपज बजार स्थलका पूर्व अध्यक्ष काजी गिरी, भानु सब्जी व्यवसायीबाट धर्मराज तिम्सिना, मीठु श्रेष्ठ, संयुक्त व्यापार समितिका अध्यक्ष रामकुमार रामकुमार दास, इलाका प्रहरी कार्यालयलगायत रहेका छन् । समितिले धरानमा तरकारी व्यस्थित गर्ने तयारी थालेको छ । पछिल्लो समय तरकारी सहज रूपमा उपलब्ध नहुँदा महँगो मूल्य तिरेर खान बाध्य बनेका छन् ।

tarkari_dharan