समानता      
के हो समानता
सगै भात खानु हो ?
कि एउतै ओछ्यानमा सुत्नु नै हो समानता?
चुलो नबल्नु हो कि दिनभर ननिभ्नु हो समानता?
नाङ्गै हिंड्नु हो कि दिनहुँ कपडा फेर्नु  हो समानता?
भोकै बस्नु हो कि चौरासी ब्यान्जन खानु हो?
 दाउरा बेचेर  दिनको एक छाक भात खानु  हो कि 
दिन भरी चरीरहनु हो समानता?
अथवा 
निराहार कि फलाहर हो समनता?
गिट्टी कुटेर जीवन बिताउनु हो कि
 डाक्टर घरमा पालेर सेवा लिनु हो समानता?
कि दिनभर प्लास्टिक टिपेर वा गित गाएर बच्चाहरुले 
पैसा ल्याएपछि चुलो धुवाँउनु हो समानता?
नारा हो कि, सर्वहाराको गीत  हो समानता?
दिनभरि पात टिपेर बेलुका धुरी धुवाउनु हो कि?
नेतृत्व एक्लै रमाउनु हो समानता?
आकाश ओढ्नु धर्ती ओछ्याउनु हो कि?
करोडौंका महल,लाखौंको बिस्तारामा सयन गर्नु हो?
 
फरक छ कि एउतै हो समानता र साम्यवाद ?
कसले बनाउने हो समानता?
कि आफै आउँछ स्वाइन फ्लू,वार्ड फ्लू ,औलो बिफर
वा कोरोना आए जसरी?
अथवा 
बाढि,पहिरो,भुकम्प,चट्याङ् आए जसरी?
कि रिमिटयान्स जसरी हो भित्रीने आफैँ आफ
या उदाउने हो सूर्य ,चन्द्र र तारा उदाए जसरी?
कसको अधिनमा छ यो समानता
मान्छे ,भगवान वा प्रकृति?
 
सायद यहि त होइन संकेत  समानताको/साम्यबादको?
जो संकेत  दिएथ्यो बहत्तरमा भुकम्पले नेपालमा
धनी गरीब सबैलाई  ल्याएकोथ्यो सडकमा
सुताएथ्यो एउतै बिस्तारामा
सम्झाउँदैछ  बिश्वलाई इबोला,बर्डफ्लू वा कोरोना बनेर
सम्याउँदैछ धनी- गरीव बीचको खाडल
र 
भनाउँदैछ,विश्व हाम्रो घर हो
सन्सारका सबै मान्छे हाम्रा दाजुभाइ दिदीबहिनी हुन् 
बाँडेर खाऊँ,सँगै रमाऊँ मरे सँगै मरुँ बाँचे सँगै बाचौँ
 तर 
बम,बारुद,छेप्यास्त्र परीक्षाण नगरौँ
बाचौँ र बाच्न दिऊँ ,हाँसौँ र हाँस्न दिऊँ
 पढाउदै छ कि विश्व एकता।
 
तिला लेकाली
बेलबारी,मोरङ