धरान  / महामारीवाट वच्नको लागि गरिएको लकडाउनका कारण दैनिक ज्यालादारमिा काम गरि जिविकोपार्जन गर्नेहरुलाई धनकुटाका ए यसवा नेताले राहत वितरण गरेका छन् । धनकुटा जिल्ला छथर गाउँपालिकाका विपन्न परिवारलाई उनीहरुकै निवासमा गएर शनिवार दैनिक उपभोग्य सामान वितरण गरेकहुन ।

उनीहरुलाई नेकपा धनकुटा जिल्ला पार्टी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य वलदिप राईले खाद्यन उपलव्ध गराएका हुन । उनले विपन्न परिवारको निवासमा नै गएर खद्यन्न वितरण गरेका थिए । करिव ५० हजार रुपैया वरावरको ६० घर परिवारलाई ५ केजी चामल, दाल, नुन, तेल, चाउचाउ र हात धुने सावुन उपलव्ध गराएका छन ।