वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको ग्रामीण पत्रकार समुहले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभीड १९ वाट बचाउन नगरको गरिव बस्ती तथा जेष्ठ नागरिकहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ ।
समुहले शनिवार नगरपालिकाकोु वार्ड नम्बर १ , २ ,६ र ७ नम्बर वडाहरुमा सयबढि लाई मास्क,सेनिटाइजर र हातधुने साबुन वितरण गरेको हो ।
वार्ड नम्बर १ को श्रीराम शान्तिकुञ्ज महिला अनाथ आश्रम, २ नम्बर १३ आरडी स्थित १३ कुटी, यसैगरी ६ नम्बरको चक्रघट्टीस्थित बुधवारे चोक र ७ नम्बर प्रगती टोलको मुसहर तथा चमार बस्ती लगायत विभिन्न स्थानमा, छुट्टाछुट्टै गएका समुहका हिरण्य कार्की,सन्तोष गुप्ता,संगम विष्ट,छविना मगर,सुविन विश्वकर्मा,विष्णुमाया पराजुली, गंगा भट्टराई र दिपक पुरीले समाग्री बाडिएको ग्रामीण पत्रकार समुहका अध्यक्ष हिरण्यकुमार कार्कीले बताए ।