भण्टाबारी । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने अति विपन्न परिवारलाई इनरुवाका युवाहरुले सहयोग गरेका छन् । लकडाउनका कारण कामकाज नगरी घरमै बसिरहेका सुनसरी सदरमुकाम इनरुवाका विपन्न परिवारलाई सहयोग गरेको इनरुवाका निखिल पोखरेलले जानकारी दिए ।

दैनिक मजदुरी गरेर जिविका चलाउदै आएकोमा कोरोना भाइरस संक्रमणबाट बचाउन सरकारले लकडाउन जारी राख्दा उनीहरूको भोकभोकै बस्नुपर्ने अवस्था आएकोले खाद्यान्न सहयोग गरेको उनलेबताए । 

इनरुवा वडा १ का निखिल पोखरेलसँगै लक्ष्मी शाह,समिम अख्तर, दिगम्बर स्वर्णकारले इनरुवा नगरपालिका वडा १ का १५० बिपन्न गरिव परिवारलाई ५ केजी चामल,१ केजी दाल,एक लिटर तेल, एक प्याकेट नून र बिस्कुट,२ केजी भुजा,साबुन र मास्क वितरण गरेका छन् । कठिन परिस्थितिमा सरकारले त्यस्ता घरपरिवारलाई कोष खडा गरेर सहयोग गर्नुपर्ने भए पनि सरकार उदासिन देखिएको पोखरेलले गुनासो गरे । हुँदा खाने वर्गलाई सरकारको मात्र भर नपरी आ आफ्नो तर्फबाट सहयोग गर्न सबैलाई उनले आग्रह गरे ।

91184475_248015826368610_4358034166277734400_n