धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलीदेखि कोरोनाको टेष्ट शुरु हुने भएको छ । कोरोना टेष्टका लागि माइक्रोवाइलोजी विभागमा सबै तयारी गरिए पनि केही रिएजेन्ट, किटलगायतका सामान काठमाडौमा छुटेकाले ढिलाई भएको प्रतिष्ठानका कार्यवहाक उपकुलपति प्राडा गुरुप्रसाद खनालले जानकारी दिए ।
‘हामी तयारी अवस्थामा थियौ । तर मन्त्रालयबाट आउने सामानमा केही छुटेकाले हिजाे आइसकेको छ । अव भोलीदेखि कोरोनाका आशंका लागेका  व्यक्तिकोहरुको थ्रोट स्वाब यही परीक्षण गछौं ।’–कार्यवहाक उपकुलपति खनालले भने ।
यस अघि प्रदेश १ का सबै कयरेन्टायनमा बस्नेहरुको थ्रोट स्वाब काठमाडौको टेकु अस्पताल पठाउदैं आएको थियो । हप्ता दश दिनसम्म पनि रिर्पोट आउने गरेको थिएन । आइतबारदेखि प्रदेश १ का सबै विमारीको ल्याव टेष्ट प्रतिष्ठानले गर्ने छ । प्रतिष्ठानको आइसोलेसन बेडमा ७ जना राखिएको छ । शंका लागेका विमारीलाई मात्र भोलीदेखि यही स्वाब टेष्ट गरिने प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए । यस अघि १६ जनाको टेष्ट काठमाडौ पठाएको थियो । सबैको नेगेटिभ आएको छ । आज ३ जनाको पठाइएको निर्देशक साहले जानकारी दिए ।
सम्पूर्ण तयारी गरिएको प्रतिष्ठानले जनाएको छ ।

सरकारले एक साता अघि निर्णय गरेर सातै प्रदेशमा टेष्टका लागि तयारी गरेको थियो । प्रदेश १ मा धरानको वीपी प्रतिष्ठानलाई छनौट गरेको थियो । प्रदेश १ मा हालसम्म २५ जनाको ल्याव टेष्ट गरिएको छ । सबैको नेगेटिभ रिर्पोट आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

यसरी हुन्छ स्वाब टेष्ट
dhirendra limbu केन्द्रीय प्रविधी क्याम्पस हातीसार धरानका माइक्रोवाइलोजी विभागका विभागीय प्रमुख धिरेन लिम्बुको अनुसार कोरोना भाइरस पोजेटिभ वा नेगेटिभ छ भनेर थाहा पाउनका लागि थ्रोट स्वाब टेष्ट गरिन्छ । पोलिमेरेज चेन्ज रिएक्सन(पिसिआर)को आधारमा यावमा टेष्ट गरिन्छ । प्रतिष्ठानमा रियल टाइम पिसिआर प्रविधिको मेसिन उपलब्द छ । त्यसबाट स्वाब टेष्ट गरिन्छ । ल्याव टेष्ट प्रोसेसिङको करिव ३ देखि ४ घण्टामा रिर्पोट तयार गर्न सकिन्छ । पुरानो प्रविधी कन्भेन्सन पिसिआर प्रविधी केन्द्रीय प्रविधी क्याम्पस हातीसारमासमेत रहेको छ । यसबाट ४ देखि ५ घण्टामा रिर्पोट आउने लिम्बुले जानकारी दिए ।
स्वाबको स्याम्पल काठमाडौ कति समयमा पुग्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । चीनमा स्याम्पल लिएको ४ घण्टा भित्र टेष्ट गरिसक्नु पर्छ भन्ने मान्यता राख्दैं आएको छ । यसलाई तापक्रमले पनि असर पार्छ । यसलाई माइनस २० डिग्री सेन्टीग्रेड तापक्रममा राखिएको हुनु पर्छ । काठमाडौ पठाएको स्याम्पल कति समयमा कसरी पठाइयो भन्ने कुरा महत्वपूर्ण हो । अहिलेसम्म पठाएका स्याम्पल विश्वासनिय नहुन सक्छन् । अव प्रतिष्ठानले फेरी दो¥याएर टेष्ट गर्नु उपयुक्त हुने लिम्बु बताउछन् ।