सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले कोभिड–१९ को लकडाउनको अवधिमा दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई छाक टार्न समस्या परेको छ ।
मिर्चैया नगरपालिकाले राहत खाद्यान्न सामग्री वितरण गरेको हो । ती मजदुर परिवारको समस्यालाई मध्यनजर गरी मिर्चैया नगरपालिकाका मेयर यादवको अगुवामा मिर्चैया नगरपालिका–१ देखि १२ सम्ममा जम्मा ५ सय परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् । राहतमा प्रति परिवारलाई १५ किलो चामल, २ किलो दाल, २ किलो आलु, २ किलो चुरा, आधा केजी भुजा, आधा लिटर खाने तेल, १ किलो नुन, साबुन र मास्क वितरण गरेको मिर्चैया नगरपालिका–६ का वडाध्यक्ष देवकृष्ण साहले जानकारी दिए ।