बिर्तामोड । कोरोना संक्रमणको त्रासले मुलुक लकडाउन छ । सरकारले दैकि उपभोग्य सामग्री बिक्री वितरण गर्न खुला गरेको भएपनि उपभोक्ता बजारसम्म पुग्न सकेका छैनन । यही समस्यालाई ध्यानमा राखेर झापाको अर्जुनधारा मामा भाञ्जा कृषि फर्मले उपभोक्ताको घर दैलोमा तरकारी पु¥याउन थालेको छ ।

फर्मले आफुले उत्पादन गरेका तरकारी उपभोक्ताको घरदैलोमा पु¥याएर बिक्री गर्न थालेको हो । फर्मले अर्जुनधारा नगरपालिकाका बिभिन्न वडामा मोवाइल सेवा मार्फत तरकारी बिक्री गर्न शुरु गरेको सञ्चालक डम्बर चौधरीले बताए ।

उनीहरुले तरकारी खरिद गर्न उपभोक्ताको सुविधाका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जालमा तरकारी बोकेको सवारी सधान आउने समय र मुल्य समेत जानकारी गराएपछि त्यही सुचना अनु्सार उपधोक्ताले खरिद गर्ने गरेको बताएका छन् ।

बजारमा लगेर बिmत्री गर्दा भिडभाड बढी हुने भएको हुनाले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर तरकारीको मोवाइल सेवा शुरु गरेको फर्मका अर्का सञ्चालक निर्मल अधिकारीले बताए । उनीहरुले कांक्रा, मुला, भिण्डी, बोडी, बैगुन, टमाटर, आलु, प्याज लगायतका दैनिक उपभोग्य तरकारी उपभोक्ताको घर दैलोमा पु¥याएर बिक्री गर्न थालेका हुन् ।

२० बिगाहा क्षेत्रफलमा लगाइएको तरकारीले धेरै उपभोक्ताको आवश्यकता पुर्ती गर्न सक्ने अधिकारीले बताए । उनले उत्पादित तरकारी सुलभ दरमा बिक्री गर्न थालिएको समेत जनाए । उनले भने–‘उत्पादकले आफै बिक्री गर्दा बिचौलियाले खाने फाइदा उपभोक्ताले लिन सक्छन् । त्यही सोचेर संकटको यस समयमा घरदैलो गरेर तरकारी बिक्री गर्न थालेका हौ ।’ उनले स्थानीय तहसँग समन्वय गरेर तरकारी बिक्री वितरण गर्न थालिएको बताए ।