पथरीशनिश्चरे । कोरोनाभाइरस संक्रमण रोक्न गरिएको बन्दका समय भित्री बस्तीबाट नगरबासी बाहिर निस्किएको पाइएपछि मोरङको पथरीशनिश्चरे नगरपालिकाले घर बाहिर ननिस्किन आह्वान गरेको छ ।
बाहिर ननिस्किनका लागि माइकिङ गर्न थालेको छ । पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालयका प्रतिनिधिसहितको नगर अनुगमन समितिको बुधवार बसेको आकस्मिक बैठकले सुरक्षित तवरले घरभित्रै बस्न माइकिङ गर्ने निर्णय गरेको थियो ।
नगरको दक्षिण क्षेत्रका बस्तीहरुमा मानिसहरु लुडो, तास खेल्ने बहानामा बाहिर निस्किएको पाइएपछि थप आव्हान गर्न निर्णय भएको हो ।