धरान / भवन निर्माणमा काम गदैंआएका धरानका ५ हजार बढि निर्माण मजदुर हिजोदेखि बेरोजगार भएका छन् ।
घर निर्माण कार्य ठप्प भए पछि निर्माण व्यवसायीहरु मार्फत घर बनाउने काममा खटिएका ज्यालादारी मिस्त्रि, निर्माण मजदुरहरु बेरोजगार भएका हुन । उनीहरु दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गदैं आएका छन् । सरकारले लकडाउन गरे पछि उनीहरुको रोजीरोटी नै गुमेको छ ।
स्थानीय भवन निर्माण व्यवसायी संघ धरानका उपाध्यक्ष नरेश मगरका अनुसार धरानमा करिव ५ सय निर्माण व्यवासयीहरुर रहेका छन् । प्रत्येकले १० जनादेखि २ सयसम्म मजदुरहरुलाई दैनिक हाजिरा दिएर काम लगाउदैं आएका थिए ।
मजदुरहरुलाई उनीहरुको दैनिकीचलाउन स्थानीय सरकारले केह िसहयोग गर्नु पर्ने निर्माण व्यवासायी नरेश मगरले बताए ।
लकडाउनको अवधीमा प्रभावित हुने उर्लावारी नगरपालिकाकामा भने दैनिक ज्यालादारी मजदुरहरुलाई निशुल्क स्वस्थ्य परीक्षण तथा खाद्यन्न सामग्री वितरण गर्ने भएको छ ।

नेपाल सरकारले चैत्र ११ गते देखि १८ गते सम्म अति आवश्यक काम बाहेक घर बहिर हिड्डुलमा प्रतिवन्द लगाएका कारण नगर क्षेत्रका हजारौ श्रमिकहरु प्रभावित हुन थाले पछि उनीहरुलाई राहत सामग्री वितरण गरीने नगर प्रमुख खड्ग फागोले जानकारी दिएका छन् ।