धरान  / प्रदेश १ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि स्थापना गरेको कोषमा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले एकहिनाको तलव जम्मा गर्ने घोषणा गरेका छन् ।
१ नम्बर प्रदेश सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको हो । उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरूले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भए थियो ।
सो कोषमा सभामुख भण्डारीले एममहिनाको पारिश्रमिक जम्मा गर्ने जनाएका छन् ।  उनले मुलुकमा संकट परेको बेला मसलसक लकडाउन भएका बेला सरकारको आदेशपालन गरेरआफुलाई सुरक्षित राख्न उनले अनुरोधसमेत गरेका छन् । प्रदेश १ का सबे नागरिक घरमैबसेर महामारीबाट बच्नका लागि उनले अनुरोध गरेका छन् ।