विरगञ्ज / कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका विरगञ्जका व्यापारीमा कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारले जनाएको छ ।

कलेजका प्रिन्सिपल प्राडा विद्यापति चौधरीले उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ भाइरलोजी, पुनेमा पठाएकोतर आइनसकेको बताएका छन् ।
वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेपछि देशभर त्रास फैलिएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की र सहायक प्रजिअ ललितकुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर मिडियालाई प्रतिक्रिया दिएका थिए ।

व्यवसायी रुंगटालाई संक्रमण भएको आशंकामा परीक्षण मात्र गरिएको बताइएको छ । उनलाई संक्रमण नभएको रिपोर्ट अस्पतालले दिएको थियो । पटना अस्पतालमा उपचाररत उनमा संक्रमण नभएको रिपोर्ट आएको रुंगटाका आफन्त तथा पूर्वसांसद अनिल रुंगटाले जानकारी दिएका छन् । ‘उहाँलाई ज्वरो आएको हो, यस्तो वेलामा ज्वरो आउँदा स्वाभाविक रूपमा कोरोना टेस्ट हुन्छ, तर उहाँको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ ।’ उनले भने । उनको पटनामा उपचार भइरहेको छ ।

प्रजिअ कार्की र सहायक प्रजिअ ललितकुमार बस्नेतले हल्लाकै भरमा रुंगटामा संक्रमण देखिएको भन्दैं , उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्न घरमा सुरक्षाकर्मीसमेत पठाएका थिए ।

भारत, बिहार पटनाको पिएमसिएच अस्पतालमा भर्ती भएका वीरगन्जनिवासी ७६ वर्षीय शिवकुमार रंगटाको कोरोना (कोभिड–१९) पुष्टि भएको खबर छ । वीरगन्ज आदर्शनगरका शिवकुमार रंगटा खदान व्यवसायी हुन् ।’ भनेर फेसबुकमा हिजो लेखेका थिए । तर, उनले लेखेको कुरा पुष्टी नभए पछि यादवले स्टाटस मेटेका छन् ।