वीरगन्ज / वीरगन्ज महानगरपालिका –१० का ६७ बर्षीय शिव कुमार रूंगटालाई कोरोना भाइरसको संक्रमण भएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले समाजिक संजालमा सार्वजनिक गरेका छन ।
प्रतिनिधि सभा सदस्य यादवले भारत बिहार पटनाको पीएमसीएच अस्पतालमा भर्ना भएका रूंगटालाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको आफ्नो फेसबुकमा समाजिक संजाल मार्फत आईतबार सार्वजनिक गरेका हुन ।
प्रतिनिधि सभा सदस्य यादवका अनुसार केहि समय अगाडी कोरोना भाइरसको संक्रमीत रूंगटा आफ्नो आफन्तको विवाहमा सहभागी हुन सूरुमा कलकता पुगेका थिए । उनी देहरादुन हुदै दिल्ली पुगेर वीरगन्ज फर्किेएको थिए ’ ।
वीरगन्जका व्यवसायी घरानाका उनको प६नामा उपचार भइरहेको छ । उनका परिवारलाईसमेत होम क्वारेन्टाइनमा राखिएको छ ।

90846183_2503971069868066_5395004623478063104_n