पथरी / विश्वभरी फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्रका बजार अनुगमन गरेको छ ।
शुक्रबार कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा डाक्टर, प्रहरी, व्यापार संघका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि सहितको संयुक्त अनुगमन् टोलीले मास्क र खाद्यय बस्तुको कालोबजारी सम्बन्धि अनुगमन गरेको हो । अनुगमनको टोलीले रमाइलो बजार, बयरवन बजार र दलेली बजारको अनुगमन गरेका थिए । अनुगमनको टोलीले १ दर्जन नीजि क्लनिक र औषधि पसल, २४ वटा खाद्यय किराना पसल, १दर्जन मासु र माछा पसल, ५ वटा ग्यासको डिलरमा अनुगमन गरेका थिए । टोलीले रमाइलो बजारको चेतना मेडिकल सेन्टर, २४ घण्टे रमाइलो क्लनीक, कंकालिनी क्लनीक, अस्बिन फार्मेसी, अनामिका क्लिनिक, जियस फर्मा र रहमान क्लीनिकलगाएत अनुगमन गरिएको थियो । अनुगमनमा उपाध्यक्ष इङ्नामले पहिलो पटकको अनुगमनमा सुझाप मात्र दिएको अर्को पटक आउदा म्याद नाघेको औषधि, क्लीनिक दर्ता लगाएत सवै हेरिने सुझाव दिएका थिए ।
अनुगमनको टोलीले सबै नीजी क्लिनिक र औषधि पसलमा मास्क भेटाएनन । औषधि अभाव नराख्न सुझाब दिएका थिए । खाद्यय किराना पसलमा नून र चिनीको अभाव देखिएको छ । अन्त लिनु जादा महगो भएको कारण दाम बढाएर बेच्न नपाईने भएकोले नल्याएको खाद्यय किराना पसलेहरुले बताएका थिए । ग्यासको पनि कानेपोखीमा अभाव देखिएको छ । ग्यास विक्रेताले क्रेताको नाम टिपाएर अनुसारको मात्र माग गर्ने गरेकाले अन्यले ग्यासको सिलिन्डर नपाउने अनुगमनले देखाएको छ । टोलीले बजार क्षेत्रको माछा र मासु पसलमा मापदण्ड अनुसारको नभएको भेटिएको थियो । अनुगमन टोलीले अर्को पटक आउँदा मापदण्ड अनुसारको बनाउन सुझाब दिएका थिए ।
कोरोना भाइरसको संक्रमणबाट बच्ने एउटा उपायका रुपमा नाक र मुख छोप्न मास्क प्रयोग गर्नुपर्ने भएका कारण बजारमा मास्कको अवस्थाका बारेमा बुझ्न समेत अनुगमन् गरिएको थियो । अनुगमन् गरिएका स्वास्थ्य संस्थामा र पसलमा कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गराउँर्दै सेवाग्राहीले देख्ने ठाउँमा हात धुने बाल्टीनमा धारा जोडेर पानी र साबुन राख्न अनुरोध पनि गरेका थिए ।
गाउँ शिक्षा शाखा अधिकृत वेग बहादुर काफ्ले, कार्यपालिका सदस्य पदमा कुमारी गुरुङ, व्यापार संघ रमाइलोका सचिव राजेश कार्की, रमाइलो प्रहरी चौकीका प्रमुख सुमन श्रेष्ठ, नेपाली कांग्रेसका सभापती योगेन्द्र दाहाल, नेकपा अध्यक्ष भोला अधिकारी, सचिव मनोज राजवंशी, भोजवीर माझी, रेडक्रस सोसाइटीबाट नेत्र थापा, वडाध्यक्षहरु सुशिल बुढाथोकी, खड्ग बस्नेत र धनबहादुर राईलगाएतले बजार अनुगमन गरेका थिए ।
कानेपोखरीमा बजार बन्द गर्ने निर्णय
कानेपोखरी गाउँपालिकाले गाउँपालिकाको क्षेत्रमा लाग्ने बजार शनिबार देखि लागुहुने गरी बन्द गराएको छ । कोरोना भाइरस रोकथाम गर्नको लागी बजार बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार गाउँपालिका, प्रहरी, व्यापार संघ, क्लब, विभिन्न राजनीतिक दल लगाएतको बैठकले सो निर्णय पारित गरेको हो । गाउँपालिका क्षेत्र भित्र, रमाइलो बजार, बयरवन बजार, दलेली बजार, विहिबारे बजार लगाएत साना बजार गरी लगभग आधा दर्जन बजार हप्तामा दुईपटक र साप्ताहिक बजार लाग्र्दै आएको छ ।
त्यसैगरी सोही बैठकले कानेपोखरीको तीन स्थानमा हेल्थ डेक्स राख्ने निर्णय पनि गरिएको छ । कोरोना भाइरस अरुलाई सर्न नदिन तथा रोकथामको लागी कानेपोखरी चोक, दलेली बजार र होक्लाबारीमा राख्ने निर्णय गरेका छन् । यस हेल्थ डेक्स राख्दा चाहिने सामाग्री खरिद गरी सुरु गरिने स्वास्थ शाखा प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले बताए ।