वीवीसी /  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाभाइरसको सङ्क्रमणलाई महामारीको संज्ञा दिएको छ । डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले पछिल्लो दुई हप्तामा चीनबाहिर १३ गुणाले कोरोनाभाइरसको सङ्क्रमण विस्तार भएको बताए ।
उनले चिन्ताजनक तहमा अनिर्णयको अवस्था रहेको भन्दै त्यसले आफूलाई गम्भीर बनाएको बताए । एकै समयमा एउटा रोग एक भन्दा धेरै देशमा फैलिएको अवस्थामा त्यसलाई महामारीका रूपमा चित्रण गरिन्छ ।
डब्लूएचओले के भन्यो ?
डाक्टर टेड्रोसले महामारी भन्नुको अर्थ डब्लूएचओले देशहरूलाई चाल्नुपर्ने कदमका बारेमा दिएका सुझावमा परिवर्तन नगरिएको उल्लेख गरे । उनले सङ्क्रमणलाई नियन्त्रणमा लिन देशहरूले ुतत्कालै र आक्रामक स्तरमाु कदमहरू चाल्नुपर्ने बताए ।
उनले कैयौँ देशहरूले यो भाइरसलाई दबाउन र नियन्त्रण गर्न सकिन्छ भनेर पुष्टि गरिरसकेको बताए । उनको अपिलसँगै कैयौँ देशहरूले भाइरसलाई नियन्त्रणमा लिन थप कदमहरू चालेका छन् ।
सोमवार यता सङक्रमितको सङ्ख्या १० गुणाले बढेर ५१४ भएको डेनमार्कले शुक्रवारबाट लागु हुने गरी सबै विश्वविद्यलाय र विद्यालयहरूमा बिदा दिएको छ ।
संवेदनशील जिम्मेवारीमा रहेका बाहेक सबै निजी क्षेत्रका कर्मचारीलाई बिदा दिने उसले घोषणा गरेको छ ।
भारतले एप्रिल १५ सम्म अधिकांश विदेशीका प्रवेशाज्ञा निलम्बन गर्ने बताएको छ । ग्वाटेमालाले युरोपेली नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्नबाट बिहीवारबाट प्रतिबन्ध लगाउँदै छ ।