Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल–सिटीबीचको खेल स्थगित

प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल–सिटीबीचको खेल स्थगित ओलम्पियाकोसका प्रमुख इभान्जेलोस मारिनाकिसलाई संक्रामण

alt
  • फागुन २९, २०७६
  • एजेन्सी
 
लन्डन /  इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका लागि स्वेच्छाले “आइसोलेसन” मा बसेकाले खेल स्थगित गरिएको हो । कोरोनाभाइरसकै कारण इङ्ल्यान्डको यस प्रतिष्ठित लिगको खेल स्थगित गरिएको यो पहिलो घटना हो । इटालीको सिरि ए फुटबल प्रतियोगिता रंगशालामा बिनादर्शक खेलाइए पनि इङ्लिस प्रिमियर लिगमा यस्तो प्रतिबन्ध लगाइएको छैन । तर खेलाडीहरु आफूखुशी आइसोलेसनमा बसेको यो पहिलो घटना हो । आर्सनलका खेलाडीहरु विपक्षी टिम ओलम्पियाकोसका प्रमुख इभान्जेलोस मारिनाकिससँगको भेटपछि संशकित बनेका हुन् ।
इभान्जेलोसले आर्सनलका खेलाडीसँगको भेटपछि आफूलाई कोरोनाभाइरस संक्रमण भएको घोषणा गरेका थिए । गत फेब्रुअरी २७ मा आर्सनलसँगको युरोपा लिग खेलमा ओलम्पियाकोस विजयी भएपछि इभान्जेलोसले आर्सनलका खेलाडीसँग भेटेका थिए । 
आर्सनल व्यवस्थापनव्दारा जारी विज्ञप्तिमा कोरोना संक्रमित व्यक्तिसँग भेघघाट भएका कुनै पनि व्यक्तिले कम्तीमा १४ दिन आफूलाई अरु व्यक्तिसँगको सम्पर्कबाट अलग्याउनु (आइसोलेसन) मा राख्नु पर्दछ भन्ने सरकारको निर्देशिकालाई पालना गर्नु पर्ने उल्लेख छ । “त्यसर्थ म्यान्चेस्टरसँगको बुधबार रातिको खेलमा हाम्रा खेलाडी उपलब्ध हुने छैनन् । प्रिमियर लिगले पनि खेल स्थगित गर्ने निर्णय गरेको छ । खेलाडीहरु पूरै १४ दिन घरमै रहने छन् । खेल अवधिमा मैदानमा मारिनाकिससँग सँगै रहेका आर्सनलका चार जना कर्मचारी पनि घरमै रहने छन् ।” आर्सनलले कति जना खेलाडी प्रभावित छन् भन्ने बताएको छैन तर आगामी शनिबारको खेलमा सहभागी हुने सम्भावना नरहेको संकेत गरेको छ । आर्सनलको विज्ञप्तिमा भनिएको छ, “हामी अर्को शुक्रबारसम्म पर्खिनेछौं, र त्यसपछि ब्राइटनसँगको खेलको तयारी गर्नेछौं । त्यतिञ्जेल १४ दिनको अवधि पूरा भइसकेको हुनेछ ।” प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा लिगका कुनै पनि अरु खेल स्थगित गर्ने हालसम्म सोचाई नरहेको उल्लेख छ । ओलम्पियाकोससँगको खेलपछि आर्सनलले पोट्र्समाउथसँग एफए कप र प्रिमियर लिगमा वेस्ट ह्यामसँग खेल खेलेको छ । अर्को प्रिमियर लिगको क्लब उल्भरह्याम्प्टनले बिहीबार राति एथेन्समा खाली रंगशालामा युरोपा लिग अन्तर्गत ओलम्पियाकोससँग खेल्दैछ । उल्भरले युरोपा लिगका खेल रद्द गर्न अनुरोध गरेको छ, तर युरोपेली फुटबल संघले उल्भरको मागलाई अस्वीकार गरेको छ ।
सम्बन्धित समाचार
धरान १५ को दिप्लुङ बेकरीमा सटर फोडेर चोरी

धरान । सुनसरीको धरान उपमहानगरपालिका १५ संगमचोकस्थित दिप्लुङ बेकरीमा सोमबार ...

वीरगञ्जमा फैलियो हैजा: नियन्त्रणमा पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

धरान । मधेश प्रदेशको व्यापारिक सहर वीरगञ्जमा हैजा फैलिएको छ । सुख्खा बन्दरग ...

शिक्षा विधेयकविरुद्ध प्रदर्शन

विराटनगर । सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरान १५ को दिप्लुङ बेकरीमा सटर फोडेर चोरी
वीरगञ्जमा फैलियो हैजा: नियन्त्रणमा पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
शिक्षा विधेयकविरुद्ध प्रदर्शन
पीडितलाई राहत
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति
१४ वर्षमा पनि बनेन पुल
सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध
होटलहरूमा लागूऔषधको कारोबार
धरान–चतरा सडक कालोपत्रेका लागि सर्वे सुरु
नेपालको सार्वभौमिक अखण्डताको चीरहरणः भारत–चीन व्यापार सम्झौता
आजको राशिफलः २०८२ साल भदौ ९ गते सोमबार
चोत्लुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापनार्थ अन्तरक्रिया
आजको राशिफलः २०८२ साल भदौ ८ गते आइतबार
‘मेडिकल हब’ बनाउने यात्रामा न्यूरो अस्पतालको रजत जयन्ती
एकातिर आन्दोलन, अर्कोतिर पारित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
टिकटकको नयाँ फिचर्स सेवा सुरु
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved