पूर्वी तराईमा रहेको सबैभन्दा धेरै युरोप, अमेरिकी पर्यटकहरू आउने गन्तव्य हो कोशीटप्पु वन्यजन्तु आरक्ष । सुनसरी, उदयपुर र सप्तरी क्षेत्रको १७६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पुको महŒव विश्वभर फैलिएको छ । खासगरी, अङ्ग्रेजी महिना फेब्रुअरी र मार्चमा रसियाको सबैभन्दा ठुलो सम्मान प्राप्त साइबेरियादेखि भूपरिवेष्ठित मुलुक मङ्गोलिया, चीन हुँदै आसपासका क्षेत्रबाट नेपालमा आउने आप्रवासी चराको रोजाइको गन्तव्य हो कोशीटप्पु ।

अत्यन्तै चिसो मौसम छल्न नेपाल आउने आप्रवासी चराहरूसँगै विदेशी पर्यटकहरू पनि ती चराहरूलाई हेर्न नेपाल आँउछन् । २०३२ सालमा स्थापना भएको कोशीटप्पु नेपालको हाल कायम भएको एक्लो वन्यजन्तु आरक्ष पनि हो । तर, यही राष्ट्रिय प्राकृतिक पुँजीमा आउने अन्तराष्ट्रिय पर्यटकहरूको सङ्ख्या अत्यन्तै घट्दो क्रममा रहेको छ । आप्रवासी चरा र अर्नाको राजधानीको रूपमा परिचित कोशीटप्पुमा विदेशी पर्यटकहरू नआएकोमा कोशीटप्पुका नेचर गाइडदेखि विज्ञ तथा पर्यटन व्यवसायीहरू नै हैरान छन् ।

हालासलै यो स्तम्भकारसँग टेलिफोनमा कुरा गरेका चरा विज्ञ तथा कोशी वाइल्डलाइफ क्याम्प प्रकाशपुरका सञ्चालक डाक्टर हेमसागर बराल चिन्तित देखिए । ‘पहिले पहिले हाम्रो क्याम्पमाअत्यन्तै धेरै ब्रिटिसहरू आउँथे । आजकाल कममात्रै आउन थालेका छन्’, बरालको दुःखेसो छ । बरालमात्रै हैन कोशीटप्पु क्षेत्रमा नेचर गाइडको रूपमाकार्यरत सुभास भूजेलको अनुभव पनि उस्तै छ । कोशी गाँउपालिकाले आयोजना गरेको पर्यटन महोत्सवको अवसरमा यो स्तम्भकारसँग बोल्दा उनले भनेका थिए , ‘जति सञ्चारको सुविधा बढ्यो त्यति कोशीटप्पुको प्रचार भने भएन क्यार † पर्यटकहरू बढेनन् ।’

व्यवसायी तथा विज्ञ डाक्टर बरालदेखि नेचर गाइड भुजेलको तनावको झल्को कोशीटप्पुको विदेशी पर्यटकहरूको आगमनको तथ्याङ्कले समेत देखाउँछ । आरक्षका रेन्जर जयराज न्यौपानेका अनुसार सन् २०१९ मा ३०९ जना विदेशी पर्यटकहरू कोशीटप्पु वन्यजन्तु आरक्षमा आएका थिए । यो आँकडा भनेको अघिल्लो वर्षको तुलनमा झन्डै एक सय थोरै हो । सन् २०१८ मा ४०१ विदेशी पर्यटकहरू आरक्ष क्षेत्रमा आएको तथ्याङ्क छ ।

सन् २०२० मा आँउदा यो तथ्याङ्कमा झनै ह्रास आउने अवस्था देखिन्छ । फेब्रुअरी र मार्चको पिक सिजनमै कोरोना भाइरस आतङ्कले विदेशीहरूले हिँडडुल गर्न कम गरेका छन् । चीनसँग जोडिएर रहेको नेपालमा कोरोनाको धेरै जोखिम भएको भन्ने विदेशी पर्यटकहरूको मनोवैज्ञानिक डरले पनि आँकडा थोरै पु¥याउने अवस्था छ । यसको असर व्यवसायीहरूमा देखिन थालेको छ ।

आरक्ष अगाडि सञ्चालित कोशीटप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुर्वान मन्सुरीले आफूले कोरोनाको मनोवैज्ञानिक असरले ठुलो व्यावसायिक कारोबार गुमाउनु परेको सुनाए । मङ्गलबार यो स्तम्भकारसँग टेलिफोन कुराकानी गरेका मन्सुरीले भन्दै थिए, ‘१७२ जनाको एउटा जम्बो समूहलाई हामीले बाध्यतावशः क्यान्सिल गर्नुपर्ने भयो ।’ स्विडेन, क्यानडा तथा अस्टे«लियन पर्यटकहरूको भ्रमण क्यान्सिल गरेका मन्सुरीको जस्तै पीडा कोशीटप्पुका स्थापित सबै बर्ड क्याम्पहरूको छ ।

यस वर्षको कोशीटप्पुको पर्यटकीय आवागमनमा कोरोनाले असर ग¥यो । यो प्राकृतिक कुरा हो । विश्व स्वाथ्य सङ्गठनका अनुसार त विश्वको एक स्वाथ्य विपत्ति हो । विपत्तिमा कम पर्यटकहरू आएको कुरा सामान्य हो । तर, कोरोना अगाडिका तथ्याङ्क हेर्दा पनि कोशीटप्पुको खस्कँदो क्रेज भने देखिन्छ ।

अब कोशीटप्पुको युरोप तथा अमेरिकी बजार खस्किएको सत्य हो । नेचर गाइड तथा व्यवसायी अनि विज्ञहरूको भनाइको साझा निचोड यही छ । अब कोशीटप्पुको क्रेज बढाउन सम्बधित निकायले दुई काम गर्न सक्छ । पहिलो काम, पुरानै युरोपेलि तथा अमेरिकी पर्यटक श्रोत मुलुकमा प्रचार बलियो बनाउने र दोस्रो, नयाँमार्केट सिर्जना गर्ने । यहाँ नयाँ मार्केट सिर्जनामा सबैभन्दा नजिक र उर्बर भूमि ‘बिबिआइएन’बन्न सक्छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनलाइ‘सार्क’भनिन्छ । सार्क भित्रकै बंगलादेश, भुटान, इन्डिया र नेपाललाई ‘बिबिआइएन’नाममले चिनिन थालिएको छ । सार्कमा मात्रै हैन ‘बिमस्टेक’ क्षेत्रमा पनि‘बिबिआइएन’परिचित छ । हो, यही क्षेत्रमा कोशीटप्पुको ब्रान्ड बिक्न सक्छ ।

कोशीटप्पु प्रचार ः मास अडियन्सदेखि क्यास अडियन्स सम्म
कोशीटप्पुमा भएका प्राकृतिक सुन्दरता, जैविक उपलब्धता र मानवीय गतिविधिहरूलाई हामीले ब्रान्ड बनाउन सक्छौँ । ब्रान्ड बनाउनलाई आममान्छे अर्थात् ‘मास’अडियन्स तथा खास मान्छे अर्थात् ‘क्यास’अडियन्स दुवैलाई लक्षित गर्न सकिन्छ । मास अडियन्सलाई लक्ष्यगर्दा कोशीटप्पुमा भएको जङ्गल सफारी, हात्ती सफारी तथा बोटिङ, होमस्टे आदिलाई लक्षित गर्न सकिन्छ । नेपालको सबैभन्दा सस्तो हात्ती सफारी र सस्ता तथा महŒवपूर्ण होम स्टे भएको कोशीटप्पुलाई मास बंगलादेश, भुटान तथा भारतीय अडियन्यलाई बेच्न सकिन्छ । भारतीय सीमाबाट एकै छिनमा आउन सकिने कोशीटप्पु स्थलमार्गबाट आउने बंगलादेशी तथा भुटानी सिमानाका आगन्तुकहरू पनि एकै दिनमा आउन सक्ने गन्तव्य हो ।

मास अडियन्सलाई तान्न यो भू–रणनीतिक अवस्थिति कोशीटप्पुमा मास अडियन्स तान्न सक्ने महŒवपूर्ण आधार हो । सप्तकोशीमा सिजनमा चल्ने जेटबोट, रामधुनी, चतरा तथा वराहक्षेत्र जस्ता सामाजिक तथा धार्मिक गन्तव्यलाई जोडेर कोशीटप्पु बल्ड क्यासको मास अडियन्स तान्न सक्ने चुम्बक बन्न सक्छ । यस्तैगरी, क्यास अडियन्सलाई त कोशीटप्पु अहिले पनि महŒवपूर्ण गन्तव्य हो । खासगरी कोशीटप्पुमा पाउने लोपोन्मुख बुबुलस अर्नि नामक वैज्ञानिक नाम भएको अर्नाको अध्ययन, अनुसन्धान, अवलोकन, फोटोग्राफी आदि गर्नेहरूको लागि अहिले पनि राम्रो आकर्षण छ ।

आप्रवासी चराको अध्ययन, अवलोकन, अनुसन्धान तथा फोटोग्राफी आदि गर्नेहरूलाई समेत कोशीटप्पु नेपालको मात्रै नभएर दक्षिण एसियाकै एक राम्रो रोजाइको गन्तव्य हो । तर, बिबिआइएन क्षेत्रका कमैमात्र मान्छेलाई यस कुराको जानकारी छ । आफ्नो स्तरीय वेबसाइटमा आकर्षक जानकारीहरू राख्न नसकेको आरक्ष मात्रै हैन प्रदेश तथा सङ्घीय सरकारले समेत कोशीटप्पुलाई नेपालको पर्यटन म्यापमा समेत उचित स्थान दिन सकेको छैन । अब भने स्तरीय अडियो, भिडयो, तस्बिर तथा ग्राफिक्ससहितका पर्यटन सामाग्रीहरू बनाएर अङ्ग्रेजीसहित हिन्दी, बंगाली तथा भुटानी आदि भाषामा बलियो कन्टेन्ट बनाउन आवश्यक छ । अहिले कोरोनाले थलिएको समय यसतर्फको यात्राको राम्रो प्रस्थानविन्दु बन्न सक्छ ।
(लेखक नेपाल पर्यटन पत्रकार महासङ्घ प्रदेश १ समितिका अध्यक्ष हुन्)