विराटनगर । कोरोना भाइरसको संक्रमणबाट जोगिनका १ नम्बर प्रदेश सरकारले उच्च सर्तकता अपनाएको छ । प्रदेश सरकारले प्रदेशको चार वटा सिमा नाकामा स्वास्थ्यकर्मीसहितको हेल्प डेक्स र कोरोना भाइरसको संक्रमितको उपचार गर्ने आइसोलेन वार्ड तयार गरि उच्च सर्तकता अपनाएको हो ।

नेपालको पूर्वी सीमा नाका काकडभिट्टा, विराटनगरको रानी र इलामको पशुपतिनग र भापाको भद्रपुरमा विषेश निगरानीको थालिएको मन्त्रमालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार यी नाकाबाट नेपाल भित्रिने विदेशी नागरिकलाई नाकामा विशेष निगरानी गरिने छ । त्यसका लागि स्वास्थ्यकर्मीसहितको टोली र त्यसको सहयोगका लागि संयुक्त सुरक्षा फौज परिचालन गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरे जानकारी दिए । प्रदेश सरकारले शंखास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड तयार गरेको छ ।

आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा नाकामा सावुन पानीले हात धुने देखि लिएर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको संयुक्त टोली परिचालनको काम सुरू गरेको प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा समावेश गरेपछि प्रदेश स्तरमा उच्च सर्तकता अपनाउने काम शुरु भएको मन्त्री घिमिरेले बताए । नेपाल कोरोना भाईरसको उच्च जोखिममा समावेश भएपनि अहिले त्रासदीपूर्ण अवस्था भने नभएको उनले बताए । उनले उच्च सर्तकता अपनाउन भने आवस्यक रहेको बताए ।

कोरोना भाइरस संक्रमितको उपचार गरिने प्रदेश १ को चार वटा अस्पतालमा २८ शैयाको ‘आइसोलेसन’ वार्ड प्रदेश सरकारले तयार भएको छ । कोरोना भाइरस संक्रमितलाई उपचार गर्ने मोरङ, सुनसरी र झापाको चार वटा अस्पतलामा ‘आइसोलेन वार्ड’ तयार भएको मन्त्री घिमिरले बताए । सबैभन्दा बढी शैयाँको आइसोलेन वार्ड मोरङको मेडिकल कलेजमा रहेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसिनवारीस्थित विराट मेडिकल कलेजम १२ वटा आइसोलेसन वार्ड तयार भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । उनका अनुसार धरानस्थित बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा १०, विराटनगरस्थित कोशी अस्पतालमा ५ र नोबेलमा १ शैयाँको आइसीयू सहितको आइसोलेन वार्ड तयार भएको बताए ।

आइसोलेन वार्ड तयार भएसँगै स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने उपकरण पनि खरिद गर्ने क्रमम सुरू भएको डा. महेताको भनाई छ ।
प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ । त्यसैगरी कोशी अञ्चल अस्पतालमा प्रदेश आपलकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

कोरोनाको संक्रमणको सावधानी अपनाउन प्रदेश १ सरकारले सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । टास्क फोर्समा ९ सदस्य छन् । गठन भएको उक्त फोर्सले बुधबार विभिन्न निर्णाय पनि गरेको छ । ‘छिमेकी मुलुक भारत सहित करोना संक्रमण अरु देशमा झन् तीव्र गतिमा फैलिएको छ,’ निर्देशक मेहताले भने, ‘हामी संक्रमणको जोखिमलाई न्युनीकरणका उपायमा लाग्ने विधि तर्फ केन्द्रित हुनेछौ ।’ उनले प्रदेशमा सम्भावित विरामीको नमूना संकलन तथा सावधानीका लागि चिकित्सकले लगाउने सामाग्री खरिद गर्नेलगायतका काम पनि अघि बढ्ने जानकारी दिए ।

विशेष प्रकारको हेलमेट, पञ्जा, मास्कलगायतका सामाग्री खरिद गर्न सामाजिक विकास मन्त्रालयले बजेटसमेत माग गरिएको छ । कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन आवश्यक सहयोगका लागि संघीय सरकारका प्रतिनिधि प्रदेशमा आएका छन् । स्वस्थ्य सेवा विभाग अन्तर्गतको जनस्वास्थ्य विभाग प्रमुख डा भोगेन्द्रकुमार डोटेलसहितको तीन सदस्य टोली प्रदेश १ मा आएका हुन् । टोलीमा डा नरेन्द्र खनाल र त्रिभुवनकुमार शाह रहेका छन् ।