फागुन १४ गते बसेको प्रतिनिधिसभाले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुन्दरहरैंचाको गोठगाँउमा रहने भनी ऐन पास गरेको छ । गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय भए पनि यसको कार्यालय भने विराटनगरमा नै रहँदै आएको थियो । यस बीचमा ऐन नै पास गरेपछि भने अब गोठगाउँ हुने निश्चित भएको छ । यसै विषयमा सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालसँग ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंशः

फागुन १४ गते बसेको प्रतिनिधि सभाबाट पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुन्दरहरैंचाको गोठगाउँमा नै रहने भनी ऐन पास भएको छ, नगरको धारणा चाहिँ के हो ?
– शैक्षिक तथा अनुसन्धान केन्द्रको रूपमा विकास गर्न पर्याप्त भवन निर्माण भइनसकेको तत्कालीन अवस्थामा केन्द्रीय कार्यालय विराटनगरमा भाडाको घरमा राखी सञ्चालन भइरहेको थियो । त्यही सन्दर्भमा स्थानीय तहको निर्वाचनपश्चात् नगर कार्यपालिकाले २०४७ साल साउन २४ गते पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति समक्ष केन्द्रीय कार्यलय गोठगाउँमा नै राख्नका लागि प्रतिनिधि मण्डलसहित विराटनगरमै गएर दबाव सृजना गरेको थियो । त्यसपश्चात् मोरङका ९ वटा पालिकाबाट केन्द्रीय कार्यालय गोठगाँउमा नै हुनुपर्ने भन्ने मागसहित निरन्तर पहल, दबाव, खबरदारी भएको समेत स्मरण गराउन चाहन्छु । गत वर्ष सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट समुद्घाटन भई विराटनगरमा सम्पन्न रजत जयन्ती कार्यक्रममा समेत यस नगरपालिकाको कार्यपालिका बैठकले असहमति जनाएको विषयमा सम्माननीय राष्ट्रपति र शिक्षा मन्त्री माननीय गिरिराजमणी पोख्रेलबाट समेत गोठगाउँ परिसरमा नै केन्द्र सार्ने विषयमा चासो व्यक्त गर्नुभएको थियो । यस विषयलाई सरकार र सदनसम्म पु¥याई ऐन पास गराउन महŒवपूर्ण भूमिका खेल्नुहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, माननीय लालबाबु पण्डित, राष्ट्रिय सभा सदस्य माननीय रमेशजंग रायमाझी, प्रदेश सरकार तथा यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने माननीयहरू, विश्वविद्यालय सभाका सिनेट सदस्यहरू, सुन्दरहरंैचा नगरका जनप्रतिनिधिहरू, सम्पूर्ण राजनैतिक दल, सङ्घ संस्था एवम् सम्पूर्ण सुन्दरहरंैचा नगरबासीलाई विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा कायम भएको उपलक्ष्यमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लागेछ, सुन्दरहरैंचा कसरी अगाडि बढिरहेको छ ?
– हामीले पूर्वमै उत्कृष्ट स्थानीय तहको रूपमा काम गरिरहेका छौं । सबै १२ वडामै इन्टरनेट विलिङ सिस्टम छ । यो सुविधाको कारणले सेवाग्राहीहरू सुन्दरहरैंचाको मुख्य कार्यालयमा आइरहनु पर्दैन । घरजग्गा सप्पन्नताको र व्यावसायिक दर्ताको प्रमाणपत्र लिन बाहेक सेवाग्राही केन्द्रीय कार्यालय पुगिराख्नु पर्दैन । कृषि, शिक्षा, स्वास्थ्य, भेटेरीनरीलगायतका कार्यलयहरू हाम्रा मातहतमा आएका छन् । नगरभित्रका यी निकायहरूको नियमन र व्यवस्थापन हामीले नै मिलाइरहेका छौँ । १२ वटा वडामध्ये ४ वटा वडा साविकको सुन्दरदुलारी नगरपालिकाको केन्द्र रहेको ठाँउमा ४ नम्बर वडामा स्थानान्तरण गरेका छौँ । र, त्यसैगरी भेटेरिनरी कार्यालय, सहकारी शाखा, न्यायिक समितिको न्यायिक इजलास पनि सोही स्थानमा स्थानान्तरण गरेका छौँ ।

यस आर्थिक वर्षमा एक अर्ब ९ करोडको बजेट तयार गर्नुभएको छ, कसरी खर्च गरिराख्नु भएको छ ?
– हामीले बजेटको भोल्युम अलिकति बढाएका हौँ, एक्चुअल बजेट झण्डै हाम्रो ८० करोड मात्र हो । तर, हामिले अनुमानका आधारमा राजश्व अलिक बढी उठ्छ, नेपाल सरकारबाट पाउने अनुदान अलिक धेरै हुन्छ भन्ने हिसाबले अनुमानित लक्ष्य प्रक्षेपण गरेका थियाँै । तर, हामीले सोचेको जति चाहिँ बजेट नेपाल सरकारले हामीलाई दिएन । पाएको बजेटमध्येबाट लगभग ४५ करोड पूर्वधार विकास बजेट हो, १९ करोड शिक्षक कर्मचारीको तलबको निम्ति जान्छ । ५करोड प्रशासनिक कर्मचारीको तलबको रूपमा जान्छ । झण्डै २१ करोड सामाजिक सुरक्षा भत्ताको रूपमा जान्छ । यो सबै कटाउँदा हाम्रो ४५ करोड जति विकास निर्माण र सामाजिक क्षेत्रमा जान्छ, त्यस मध्ये पनि २० प्रतिशत रकम सामाजिक विकास र सामाजिक क्षेत्रमा खर्च गर्नुपर्छ भनेर हामीले बजेट विनियोजन गर्दैखेरि वडामा सिलिङ पठाउँदै छुट्याएका छौँ । वडाले योजनाहरू पठाएका छन् । ती योजनाहरु अन्तिम चरणमा छन् ।

पर्यटन वर्ष २०२० कसरी मनाइरहनुभएको छ, योजनाहरू कस्ता–कस्ता छन् ?
– हामीले नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको संसारकै सबैभन्दा ठुलो गाईको प्रतिमा बनाउँदै छौँ। गाईको मात्र हैन हामीले बौद्ध विहार, साकेला थान, मस्जिद, दिना भद्रिकाका मन्दिरहरू पनि बनाउँदै छौँ । धार्मिक तथा आन्तरिक पर्यटक भिœयाउन गाईको प्रतिमा महत्वपूर्ण कडी हुन सक्छ । हामीसँग बाह्य पर्यटकहरू तत्कालै बढी आउन सक्ने सम्भावना देखिदैन तर आन्तरिक पर्यटकहरू चाहिँ शनिबार र विदाको दिन नगरभित्रका सबै क्षेत्रमा गरेर झण्डै ७–८ हजारको सङ्ख्यामा आउने गरेका छन् । हामीसँग धेरै सिमसार जलाधार क्षेत्र छन्, हामीसँग दुईवटा ठूला राम्रा प्रकृतिका रिसोर्टहरू छन् । हाम्रो हसिना सिमसार र वृन्दावन गौशाला बनिसके पछि बाह्य पर्यटकहरू पनि हामी भित्र्याउन सक्छाँै भन्ने छ ।

गाईको प्रतिमा कहिले सम्ममा तयार भइसक्छ ?
– अबको एक वर्षभित्रमा यी सबै लगभग तयार भइसक्छन् ।

सुन्दरहरैंचालाई कमर्र्सियल नगर पनि भन्ने गरिन्छ, यहाँका विकासका योजना कस्ता छन् ?
– भूगोलको हिसावले यो नगर अत्यन्तै ठुलो छ, बसाइँसराइको अनुपातलाई हेर्दा प्रदेशका १४ वटै जिल्ला र बाह्य जिल्लाहरूबाट पनि मानिसहरू आएर पनि बसोवास गरिरहनुभएको छ । छोटो समयमा प्रगति भएको नगरपालिका पनि हो । यहाँ उद्योग कलकारखानाहरू पनि खुल्ने क्रम जारी छ । सय भन्दा बढी सङ्ख्यामा उद्योग कलकारखानाहरु खुलेका छन् । जसले आएर यहाँ उद्योग खोल्न चाहनुहुन्छ, १० करोड भन्दा बढी लगानी गर्न चाहनुहुन्छ, हामीले उहाँलाई ५ वर्षलाई ट्याक्स फ्रि गर्ने र भौतिक पूर्वाधार त्यहाँसम्म पु¥याउने भनेर भनेका छौँ । हामीले उत्तरी मोरङ हेर्ने गरी दमकलको सेवा दिइरहेका छौँ । घरदेखि घाटसम्म निःशुल्क शव वाहन चलाएका छौँ, जुन हामी जनप्रतिनिधि आउनु अगाडिको ट्याक्सको समस्या थियो, त्यो हल गरेका छौँ । १६ प्रकारका ट्याक्सहरूमा छुटको व्यवस्था गरेका छौँ । हामिले किसान, महिला, आदिवासी, जनजाति, दलित समुदायहरुलाई विभिन्न लक्षित कार्यक्रमहरू ल्याएका छाँै । हामिले हाल नमूनाको रूपमा विराटचोक घिनाघाट क्षेत्रमा वाकिङ स्टेटको निर्माण गरेका छौँ यो सम्पन्न हुन बाँकी छ । ५ वटा सिमसारलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने भनेका छौँ । हामी वेष्ट टु इनर्जीको मोडलमा गएर फोहोर मैला व्यवस्थापनका लागि एउटा कम्पनीसँंग एमओयु गर्ने चरणमा छौँ । एक नम्बरको प्रहरी कार्यालय सुन्दरहरंैचामा स्थापित भइसकेको छ । कर कार्यालय उत्तरी मोरङलाई हेर्ने गरी स्थापना भइसकेको छ । हामी बामे सरेर भर्खर पाइला टेक्दै छौँ ।

प्रदेश सरकारले गौरवको योजनाको रूपमा लिएको विराटचोक घिनाघाट सडक निर्माणले सुन्दरहरैंचामा कस्तो महत्व राख्छ ?
– हाम्रो प्रस्थान विन्दु नै यो सडक हो किनभने सुन्दरहरंैचाको मुख्य भूभागबाटै यो शुरु हुन्छ । यहाँको झण्डै ८ किलोमिटर भूभाग यो सडकले ओगट्छ । जम्मो यो सडकको लम्बाई साढे १९ किलोमिटरमा ८ किलोमिटर सुन्दरहरैंचाले ओगट्छ यसको मुख्य प्रवेशद्वार विराटचोक हो । यहाँबाट विराटनगर हुँदै भारतको ३ वटा प्रदेश र राजधानी दिल्ली सम्म पुग्छ र किमाथान्का हुँदै चिन सम्म सिधा सम्बन्ध राख्छ । यो निकै महŒवपूर्ण सडक हो । प्रदेश सरकारले गौरवको रूपमा लिएर जुन सडक निर्माण थालेको छ यसमा सुन्दरहैँचा नगरपालिकाले पनि नैतिक रूपमा सहयोग गरिरहेको छ । सुन्दरहरंैचाको विकासको लागि यो कोसेढुङ्गो नै सावित भएको छ ।

सुन्दरहरैंचा नगरपालिकाको कार्यालय अन्यत्रै सार्ने पनि चर्चा चल्न थालेको छ ?
–सार्नै पर्ने छ, किनभने हाल रहेको नगरपालिका कार्यालय नगरको पूर्वी भागमा छ । नगरपालिकाको भूभागको हिसाबले यसलाई मध्यमध्य भागमा लाँदा उपयुक्त हुन्छ भन्ने नै हो । हामी निर्वाचित जनप्रतिनिधि भएर आउनु अगाडि नै यो आम राजनैतिक, सर्वपक्षीय सहमति भएको विषय हो । सलकपुरमा कार्यालय सार्ने कुरामा कसैको विमति नै छैन । नगरसभाले पास गरेको छ । अब कसैले हुन नदिन पर्दापछाडिबाट खेल गर्नु फरक पाटो हो । तर, मलाई एक मात्र विश्वास छ कार्यालय सलकपुरमा जान्छ, जानु पनि पर्छ त्यो भूगोलको आवश्यकता हो । कुनै बाधा अवरोध आयो भने म त्यस विरुद्ध लड्न तयार छु ।

मेयर र उपमेयर फरक दलबाट हुनुहुन्छ, काम गर्न कतिको सहज छ ?
– काम गर्न त्यति सजिलो चाहिँ छैन । तर, म अप्ठ्यारालाई सहज रूपले लिन्छु राजनीतिक रूपमा अलिअलि उथलपुथल हुनु स्वाभाविक छ । आफ्ना आफ्ना व्यक्तिगत र दलका इन्ट्रेष्ट रहन्छन् । त, पनि नगरप्रमुखको रूपमा म भइरहँदा संयमित ढङ्गले सबै निर्वाचित साथीहरूलाई मिलाएरै लगिराखेको छु र पनि छुटपुट घटनाहरू हुन्छन् । मिलाउँदै वर्दै अहिले सम्म चलिराखेको छ , त्यस्तो धेरै ठुलो अप्ठ्यारो अवस्था आएको छैन ।

कर्मचारीहरूबाट कतिको सहयोग पाइराख्नु भएको छ ?
– म काङ्ग्रेसबाट जितेको मेयर, सरकार नेकपाको छ । अहिले देशैभरि काङ्ग्रेसले निर्वाचन जितेका ठाउँमा कुरा के हो भने सरकारले मेयरहरूलाई असहयोग पुग्ने गरीका कर्मचारी पठाउने । सक्ने ठाँउमा दलले पेल्ने नसक्ने ठाँउमा कर्मचारी लगाएर दुःख दिने गरीको योजना बनाएको छ । त्यही अनुसार हामी कहाँ पनि कार्यकारीहरू धेरै जना फेरिए । यसको मुकाबिला हामीले गरिरहेका छौँ । जनप्रतिनिधिको मातहतमा बसेर काम नगर्ने प्रमुख प्रशासकीय अधिकृतहरूलाई हामी यहाँबाट लखेट्छौँ । यदि जनप्रतिनिधिको मातहतमा बसेर जनताको काम गरे भने ठिक छ । नभए भ्रष्टचारमात्र गर्ने, खाने मात्र दाउ गर्ने र जनतालाई दुख दिने खालका कर्मचारी जसरी सरकारले बारम्बार नियोजित रूपमा पठाउँछ त्यस्तालाई हामी लखेट्छौं ।

सरकारले सुनियोजित ढङ्गले त्यस्ता कर्मचारी पठाउँछ भन्न खोज्नुभएको हो ?
हो, काङ्ग्रेसबाट जितेका नगरप्रमुखहरूलाई दुःख दिने, फसाउने र काम गर्न नदिने हिसाबले माथिबाट डिजाइन गरेर त्यस प्रकारका कर्मचारी पठाइरहेको छ सरकारले । सुन्दरहरंैचाको हकमा भन्ने हो भने काम गरेन, भ्रष्टचार ग¥यो, गलत ग¥यो भन्ने ठाउँ नपाएपछि कर्मचारीको सहारा लिएर नगरप्रमुखलाई रोक्ने छेक्ने र असफल बनाउने काम भएको छ ।
प्रस्तुतिः विवेक मिश्र