इपिएल क्रिकेट : श्रीलङ्का र ओमानका खेलाडी अनुबन्ध

alt
  • फाल्गुन १८, २०७६
  • १११ पटक पढिएको
  • रासस

भैरहवा / आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेष्ट राष्ट्र श्रीलङ्का र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसक्नुभएका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।

दसानायके इपिएलमा भैरहवाको मुख्य प्रशिक्षक हुनुहुन्छ । उहाँ आजै नेपाल आइपुग्नुभएको हो । ओमानका बायाँ हाते तीव्र गतिका बलर बिलाल खान, श्रीलङ्काका स्पिनर जीवन मेन्डिस र बायाँ हाते अलराउन्डर मिलिन्डा श्रीवार्दानाले भैरहवाबाट इपिएल खेल्ने पक्का भएको उहाँले बताउनुभयो । त्यस्तै भैरहवाले यसअघि नै वेस्ट इन्डिजका ब्याट्सम्यान ड्वेन स्मिथको नाम सार्वजनिक गरेकोे थियो ।

इपिएल आगामी चैत्र १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । भैरहवा ग्ल्याडिएटर्सले चैत्र २ गते काठमाडौँ किंग्स११ सँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । भैरहवा टोलीमा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशङ््कर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमांशु दत्त छन् । त्यसैगरी विदेशी खेलाडीमा बिलाल खान, ड्वेन स्मिथ, जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दाना रहेका छन् । प्रतियोगितामा काठमाडौँ, ललितपुर, विराटनगर, भैरहवा, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहेको छ ।

सुख्खाक्षेत्रको अवरु ...

यासोक । पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकाको अव ...

रेडक्रसमा रगत अभाव भ ...

पथरी । लायन्स क्लब अफ कानेपोखरी र रमाइलो बचत तथा ऋण सहक ...

७२ जना मजदुरलाइ भारत ...

भद्रपुर । जिल्लाका विभिन्न विकास निर्माण तथा पलाई उद्यो ...

अजयले मनाए आफ्नो ५१ ...

धरान । बलिउड स्टार अजय देवगनले आफ्नो ५१ औं जन्मदिन सेलि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved