धरान /धरानमा जारी २२ औं बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । यो उसको चौथो विजय हो ।

शनिवार भएको फाइनल खेलमा ३ १ गोल अन्तरले हराउदै मनाङले उपाधि जितेको हो । खेलको ११ औं मिनेटमा मनाङका दयानन्द सिह र दोस्रो हाफको ४९ औं मिनेटमा निशान लिम्बु र दोस्रो हाफको इन्जुरी समयमा बिमल रानाले गोल गरी टिमलाई उपाधी दिलाए ।

खेलको ६७ औं मिनेटमा पुलिसका भोला सिलवालले पेनाल्टीबाट एक गोल गरेका थिए । विजेताले १० लाख र उपविजेता पुलिसले ५ लाख पुरस्कार पाएका छन । प्रमुखअतिथि मुख्यमन्त्री शेरधन राईले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।