धरान / सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले ४ बषैभित्र सरकारको कामको नतिजा देखिने बताएका छन् । सरकारले कृषी आधुनिकरण, उर्जा विकास, पूर्वाधार विकासका काम प्रारम्भ गरिसकेको जानकारी दिदैं ४ बर्षभित्र नतिजा देखिने दावी गरे ।
नेकपाका सचिवालय कमिटी सदस्यसमेत रहेका पोखरेलले आज इटहरीमा भएको प्रेस संगठन नेपाल प्रदेश १ को भेला तथा सपथग्रहण कार्यक्रममा बोल्दैं सरकार मात्र परिवर्तन नभएको बताउदैं प्रणाली नै परिर्वतनको प्रक्रियामा रहेको बताए ।
उनले स्थानीय तहका जनप्रतिनीधिहरुलाई लक्षित गदैं जित्नेहरुले टिक्ने किसिमको काम गर्न समेत सुझाए । ‘जित्नेहरुले टिक्न जान्नु पर्छ । टिक्नका लागि नेकपाको घोषणा पत्र कार्यन्वयन गर्नु पर्दछ ।’–नेता पोखरेलले भने ।
पार्टीले केही दिन अघि गरेको निर्णयको विषयमा प्रधानमन्त्री केपीले कार्यन्वयन नगर्ने भनेको विषयलाई नेता पाखरेलले सरकार पार्टीले चलाउने भन्दा पनि नीति र घोषणा पत्रले चलाउने बताए ।
नेताहरुको एक आपसमा गिराउने खेलको विषयमासमेत नेता पोखरेलले कोही कसैलाई सन्काउने काम नगर्न आग्रह गरे । ‘एकले अर्कालाई उकास्ने अनी तलाई पार्टीले सरकारले गनेन भनेर हुइया लगाउने र त्यसको पछि लाग्ने प्रवृति बढेको छ । यस्तो कामले कोही कसैलाई फाइदा गदैंन ।’– उनले भने ।
उनले विगतमा अपराध गरि ‘डक्रदैं’ हिडेहरुलाई सरकारले तह लगाएको समेत बताए  । राजनीतिक खोल आडेर धन कमाउनेहरु यति बेला सलबलाएको उनको भनाई थियो । दुई वटा खाता चलाएर ‘धन्दा’ चलाउनेहरु र देश लुट्नेहरुलाई सरकारले नियन्त्रण गरिरहेको उनको भनाई थियो ।
कार्यक्रममा संगठनका नेता तथा तल्लो स्तरका नेताहरुले पार्टीको माथिल्लो तहको विबादबारे र अहिले भइरहेको गतिविधीका विषयमा प्रष्ट पार्न ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज भीम आचार्या, प्रदेश १ का मुख्यमन्त्री तथा नेकपाका सह–इञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्य तथा प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, प्रदेश अध्यक्ष युवराज घिमिरे, नेकपा प्रचार सह–संयोजक सूर्य थापा, प्रेस संगठन विभाग प्रमुख राजेन्द्र गौतम, प्रेस संगठनका संयोजक महेश्वर दाहाललगायतले संगठन तथा पार्टी नीतिबारे बोलेका थिए ।
कार्यक्रममा प्रदेशको ९१ सदस्यी प्रदेश कमिटी र सुनसरीको ३१ सदस्यीय जिल्ला कमिटीको सपथ तथा घोषणा गरिएको थियो । प्रदेश संयोजक राजन केडी र जिल्ला संयोजक श्रीशिशा राईलाई केन्द्रले नै तोकेको थियो ।