भद्रपुर / झापाको गौरीगञ्जमा भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका ६ देवीगञ्ज बस्ने २७ वर्षीय शरदकुमार माक्रा र गौरादह नगरपालिका ७ गुवालडुब्बा बस्ने ३७ वर्षीय कालचन माक्रा रहेको जिल्ला प्रहरी कार्यालयष् झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले मङ्गलबार पक्राउ गरेको हो । गौरीगञ्ज ६ स्थित देवीगंज बस्ने उपेन्द्र यादवको बीआर ३८ के ८१३५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल घरको बरण्डामा राखिरहेको अवस्थामा सोमबार राती चोरी भएको थियो । मोटरसाइकल चोरी भएको जानकारी पाउन साथ खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल माक्राले आफ्नो घरमा तिर्पालले छापेर राखेको अवस्थामा बरामद गरेको थियो । मोटरसाइकलसहित पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।