धरान / धरानमा शनिवारदेखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कपमा आयोजक धरान फुटवल क्लवलाई युनाइटेट कर्साङ फुटवल क्लव भारत बंगालले टाइबेकरमा ४–२ को अन्तरमा विजयी बनेको छ ।
निर्धारित सयममा १÷१ गोलले खेल सकिए पछि भएको टाइबे्रकरमा बंगालले जितेको हो । बंगालका सिद्धान्त श्रेत्री, प्रुान्त राई, वीरेन प्रधान र प्रसाय प्रधानले गोल गरेका थिए । धरान फुटबलका लागि हेमन्त थापा, मनिष गुरुङले गोल गरे भने विक्रम लिम्बु र मनोज राईले गरेको प्रहार गोल पोष्टमा दिशा लिन सकेन ।
खेलाडी अभाव भएर निरास आयोजक क्लवले शुक्रबार मात्र आफ्नो टिमका लागि खेलाडीहरु जुटाएको थियो । आयोजक धरानका सुनिल खड्काले खेलको ३५ औं मिनेटमा खाता खोलेका थिए । दोश्रो हापको ७७ औं मिनेटमा भारतका सिद्धान्त क्षेत्रीले गोल गरेर खेललाई बराबरी बनाएका थिए । खेलको म्यान अफ दि म्याच भारतका वाङदेन तामाङ घोषित भए । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका थिए । आइतबारको खेल नेपाल पुलिस क्लव र मेची नेत्रालय कांकडभिट्टाविच हुने आयोजकले जनाएको छ । दुई भारतीयसमेत गरि ८ वट टिमले प्रतियोगितामा सहभागीता जनाएका छन् ।