लक्ष्मीमार्ग/ बेलबारीमा मङ्गलबारदेखि जारी राष्ट्रपति रनिङ शिल्डको उपाधि लक्ष्मी माध्यमिक विद्यालयले हात पारेको छ ।

बेलबारी–११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माविको खेल मैदानमा भएको उक्त प्रतियोगितामा ७ पदक जित्दै लक्ष्मी माविले उपाधि चुमेको हो ।

त्यस्तै जनता नमूना माध्यमिक विद्यालयले ५ पदक जित्दै द्वितीय स्थान हासिल गरेको छ भने ४ पदक जित्दै इस्टर्न भ्यू तृतीय भएको छ । विजेता तथा उप विजेताहरूलाई नगरपालिकका प्रवक्ता योगेन्द्र सुवेदी शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइरालालगायतले ट्रफी मेडल प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, एथलेटिक्स, छात्र÷छात्रा दुवै तर्फबाट सय मिटरको दौड, दुई सय मिटरको दौड, चार सय मिटरको दौड, ८ सय मिटरको दौड, १५ सय मिटरको दौड, ३ किलोमिटरको दौड कबड्डीलगायतका खेल सञ्चालन भएका थिए ।