श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन ०५ गते सोमबार, १७ फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको नवमी तिथि १८ः५० बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अनुराधा ०९ः२४ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः४२ र सूर्यास्त ५ः५५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्य छ । पर्याप्त काम गर्ने जाँगर नचल्ला । व्यवसायिक उन्नति हुनेछ । मन अशान्त रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विश्वासिला व्यक्तिबाट धोका होला । काम गर्ने जाँगर हराएर जानेछ । व्यक्तिविशेष दोष खेप्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विज्ञानका क्षेत्रमा सफलता प्राप्त होला । खेलकुदमा रुचि बढेर जाला । पारिवारिक कलह उत्पन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छोटो तथा रमाइलो यात्रा होला । साथीभाइस“गको भेटघाटमा समय बित्नेछ । व्यापारिक कार्यमा राम्रो होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा जा“गर तथा उन्नति, प्रगति होला । वैदेशिक यात्रामा सफल भइएला । मन शान्त रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा तत्जन्य कार्यमा राम्रो लाभ हुनेछ । उद्योगधन्दामा राम्रै प्रगति होला । सन्तान सुखको योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन सामान्य बित्ला । वैदेशिक कार्यमा तनाव यथावत् रहनेछ । बिछोडिनु पर्ने अवस्था आइपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको काममा सफल भइएला । दैनिक कार्यमा प्रगति देखिन्छ । दिनको पूर्वाद्र्धमा धनार्जन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज कला र गला दुवैमा राम्रो देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएको धन हात लाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चोरबाट भय हुन सक्छ । मन वैराग्य होला । मनमा डर भए पनि आर्थिक क्षेत्रमा राम्रै काम बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर प्राप्त भइरहनाले मन प्रसन्न रहला । असल काममा नै दिन बित्नेछ । आफन्तसँग रमाइलो भेटघाट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका कामहरू सुचारु होलान् । परिवारमा माङ्गलिक कार्य हुनेछ । आफन्तजनबाट सुखको खबर पाइएला ।