उर्लाबारी । उर्लाबारी नगरपालीकाको आयोजनामा संचालित दोस्रो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । राधिका माध्यमिक बिद्यालय उर्लाबारी–६ को आतिथ्यतामा फागुन १ देखि ३ गते सम्म भएको सो प्रतियोगितमा नगरका १३ संस्थागत र सामुदायीक बिद्यालयले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा आतिथ्यता गर्ने बिद्यँलय राधिका मावि उर्लाबारी–६ ले १३ स्वर्ण, ९ रजत र ३ कास्य सहित प्रथम स्थान हासील गरेको छ भने लक्ष्मी माविले ४ स्वर्ण, २ रजत र १ कास्य सहित दोस्रो स्थान तथा राधिका मावि उर्लाबारी–७ ले ४ स्वर्ण,१ रजत सहित तृतिय स्थान हासील गरेका नगरपालीकाले जनाएको छ ।

बिजेता बिद्यालयहरु शिल्ड, मेडल, ट्रफी, प्रमाण–पत्र सहितका पुरुस्कार प्रदान गरीएको थियो । कार्यक्रममो उदघाटन गर्दै नगर प्रमुख खड्ग फागोले नगरको बिकासमा बिद्यालयहरुको भुमीका महत्वपूर्ण हुने बताउदै“ शैक्षिक क्षेत्रको बिकास भए मात्र अन्य क्षेत्रको बिकासको महत्व हुने बताएका छन ।

प्रतियोगितमा फुटवल, ज्याब्लीङ, दौड, छेलो, भलीवल, कवड्डी, लङजम्प, हाई जम्प, ट्रिपल जम्प सहितका विभीन्न १५ विधाका खेलकुदमा प्रतिश्प्रर्धा गराईएको आतिथ्यता गर्ने बिद्यालयका प्रधानध्यापक कुमार पोख्रेलले बताएका छन ।