शहीद स्मारक लिग : मछिन्द्र लिगको शीर्ष स्थानमा

alt
  • माघ २८, २०७६
  • ९७ पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडाैं / मछिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको तेस्रो खेलमा मछिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलले हराउँदै शीर्ष स्थानमा उक्लेको हो ।

मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई र दीपक राईले गोल गरे। सङ्कटाका लागि विदेशी खेलाडी मेसोउकेले सान्त्वना गोल गरे । पहिलो हाफमा मछिन्द्रले एउटा मात्र गोल गरेको थियो । उक्त गोल खेलको ४४औँ मिनेटमा देवेन्द्रले गरेका थिए। मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप दुई गोल ग¥यो । मछिन्द्रका लागि खेलको ६४औँ मिनेटमा विशालले फ्रिकिकमार्फत गोल गरे।

 खेलको ८२औँ मिनेटमा दीपकले मछिन्द्रका लागि तेस्रो गोल गरे। खेलको ८९औँ मिनेटमा सङ्कटाका लागि मसोउकीले गोल गरे । खेलको म्यान अफ दी म्याच मछिन्द्रका देवेन्द्र घोषित भए । जितसँगै मछिन्द्रले १२ खेलबाट २८ अङ्क जोडको छ । सङ्कटा १२ खेलमा १५ अङ्कका साथ लिगको सातौँ स्थानमा छ ।

सप्तरीमा कोरोनाको लक ...

राजविराज /  सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) ...

भारतबाट आएका हजार जन ...

दैलेख / कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै ...

ट्याक्टर पल्टिदा सहच ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर २ मा टय ...

नेकपा धरानको फुड बैं ...

धरान / नेकपा धरान उपमहामनगर कमिटिले २ हजार ५ सय केजी चा ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved