काठमाडौं  / पूर्वसचिव अर्जुन कार्कीकी श्रीमति मुना कार्कीको उपचारको क्रममा मृत्यु भएको छ । उनलाई गम्भीर अवस्था दिउसो स्टार अस्पताल ललितपुरमा भर्ना गरिएको थियो । हत्यामा कामदार विजय चौधरीको संलग्नता भएको प्रहरीले आसंका गरेको छ । चौधरी पनि झण्डिएको अवस्थामा भेटिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसर, जावलाखेलले जनाएको छ ।

अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार अस्पताल पुर्‍याए पनि केही बेरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घट्नाबारे फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान गरिरहेको छ । घटना भान्सा काेठामा भएकाे थियाे ।