काठमाडौं पूर्वसचिव अर्जुन कार्कीको ललितपुरको सानेपामा उनकी पत्नी मुना कार्कीको हत्या प्रयास भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको ललितपुर प्रहरी परिसरकी प्रवक्ता दुर्गा सिंहले जानकारी दिइन । घटना भएको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा खटाएको थियो । उनलाई ‘ह्यामरले हिर्काएको प्रहरीले शंका गरेको छ ।
घरमा काम गर्ने केटा विशेष चौधरीले पनि झुन्डिएर आत्महत्या गरेकाले घट्ना रहस्यमय बनेको छ । मुनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।