धरान / मुलुककै सबैभन्दा धेरै धावकहरु सहभागी हुने धरान १० के रन आठौ नेवा च्यारिटिको प्रचारका लागि आज धरान रन र नेपाल फोटो पत्रकार महासंघ, सुनसरीविच मैत्रीपूर्ण बास्केटवल खेल सम्पन्न भएको छ ।
धरानमा प्रत्येक बर्ष गदैं आएको धरान रन यही फागुन १० गते सम्पन्न हुदैं छ । प्रतियोगिताको प्रचारका लागि भएको बास्केटवल प्रतियोगितामा फोटो पत्रकार टिमले आयोजक धरान रन टिमलाई ६७ –१७ अंकको अन्तरले पराजित गरेको छ ।
खेलमा टिमलाई जिताउनका लागि फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले व्याक्तिगत ३९ अंक र धरान रनको तर्फ वाट प्रदेश १ महिला बास्केटवल टिम सदस्य तनु राईले ११ अंक जोडेका थिए ।
१० के रन दौड प्रतियोगिताको प्रचारका लागि विवभन्न गतिविधी हुदैं आएको धरान रनका अध्यक्ष रोमु राईले जानकारी दिए । मैत्रिपुर्ण खेलमा नेपाल फोटो पत्रकार महासंघ, सुनसरीका टिममा फोटो पत्रकार केन्द्रिय सदस्य उपेन्द्र चाम्लिङ, अग्रज पत्रकार जनकऋषि राई, प्रेस संगठन केन्द्रिय सदस्य देवेन्द्र कार्की, पत्रकार महासंघ सुनसरी सदस्य धिरेन्द्र लिम्वु, प्रेस संगठन प्रदेश सदस्य गोपाल कामत, पत्रकार रामकृष्ण खड्का, प्रदेश १ महिला बास्केटवल टिम क्याप्टेन तथा राष्ट्रिय खेलाडी डा. आशा राई, लियालिशा श्रेष्ठ लगायत रहेका थिए । यसै गरि धरान रन तर्फ वाट धरान रन अध्यक्ष रोमु राई, युगल लिम्वु, कृष्ण सुनुवार, तनु राई, निरुता राईलगायतले खेलेका थिए ।
आठौ धरान रन दौड प्रतियोगितामा करिव चार हजार जनाले दौडने आयोजकले जनाएको छ । दौडमा खुला तर्फका महिला तथा पुरुषले प्रथम , द्वितिय र तृतियले जनही नगद ५० हजार, ३० हजार र २० हजार मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । यसैगरि १२ वर्ष मुनिका, १६ वर्ष मुनिका र ४० वर्ष माथिका भेट्रान विजेताहरुले जनहि नगद ७ हजार, ५ हजार र ३ हजार, मेडल र प्रमाण प्राप्त गर्नेछ । प्रतियोगितामा हङकङ, वंगलादेश, युके र भारतवाट समेत प्रतियोगितामा सहभागि हुन आउने अध्यक्ष रोमु राईले जनाए ।
तस्विरः विक्रान्त श्रेष्ठ