धरान । कोपा डेल रेमा स्पेनका हस्ती टिम बार्सिलोना र रियल मड्रिड नै पराजित बनेका छन् ।

सन् २०१० यता पहिलो पल्ट कोपा डेल रेको फाइनलमा यी दुई हस्ती टिमहरु नरहने भएका हुन् । बिहीबार रातिको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसँग पराजित बन्दा रियल चाहिँ रियल सोसिडाडसँग पराजित बनेको हो । खेलमा एट्लेटिको बिल्बाओले १–० ले बार्सिलोनालाई पराजित गर्दै फाइनलमा पुगेको हो । खेलको अतिरिक्त समयमा सर्जियो बुस्केटको आत्मघाती गोल नै बार्साका लागि घातक बन्यो ।

यता रियल मड्रिडले रियल सोसिडाडसँग ४–३ को गोल अन्तरले पराजित बनेको हो । ला लिगामा शीर्ष स्थानमा रहेको रियल मड्रिड भने कोपा डेल रेमा नराम्रो पराजयको शिकार बनेको हो ।