सुन तोलाको ५०० ले बढ्यो

alt
  • माघ १३, २०७६
  • ४६२ पटक पढिएको
  • रासस

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ५०० पुगेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ३०० ले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला ७५ हजार २०० मा खरिद बिक्री भएको थियो ।

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला ५ ले वृद्धि भएको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला ९०० निर्धारण गरेको छ । माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत पुस २३ गते छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० पुगेको थियो ।

गोर्खा वेल्फेयरद्वार ...

धरान/ ब्रिटीश गोर्खा सैनिकबाट तीन महिनामै नेपाल फर्काइए ...

नृत्यकारबाट निर्देशक ...

मोरङ, टाँडीका भूपेन्द्र तुम्बाहाङ्फे लिम्बू पछिल्लो समय ...

बालबालिकाको विकासमा ...

बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि ह ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved