साइकल अभियन्ता देशैभरि नेपाल भ्रमण वर्ष २०२० एवम् नयाँ वर्ष २०२० लाई भव्य तरिकाले स्वागत गर्न देशका विभिन्न स्थानमा कार्यक्रम गरी हर्षोल्लासका साथ मनाउने तय भएको थियो । यसै क्रममा प्रदेश नं. १ को उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका बेल्टारका प्रकृतिप्रेमी, साइकलप्रेमी साथीहरुको अगुवाइमा ऐतिहासिक महत्व बोकेको समुद्री सतहदेखि लगभाग १५०० मिटर उचाइमा अवस्थित चौदण्डी गढी दरबार साइकलमा यात्रा गर्ने कार्यक्रम ‘राइड टु चौदण्डीगढी’ साइकल फर हेल्थ इण्टरटेन्मेण्ट एण्ड टुरिजम नाराका साथ १ जनवरी २०२० मा मनाउन गइरहेको जानकारीसहित हामी लाई पनि निम्तो लिएर आउनुभयो ।

साइक्लिङ धरानको टोली धरानबाट पुस १५ गते तमु ल्होसार तदनुसार ३१ डिसेम्बरमै हिँड्ने योजनाअनुसार बिहानको ११ बजे सबैजना जम्मा भयौं । साइक्लिङ धरानका अध्यक्ष आदरणीय दाजु दीपक जोशी, उपाध्यक्ष आदरणीय दाजु प्रभातकुमार श्रेष्ठ, इटहरी बाट आउनुभएका अति आदरणीय व्यक्तित्व श्यामकुमार राई दाजु, लिन्सु भाइ, अमित भाइ, विविद भाइलगायत हामी १० जना साइकल चलाएरै बेल्टारसम्मको यात्रा तय गर्ने निधो गरी अरु १५ जना बसमा आउने सल्लाह अनुरुप हामीले यात्रा शुरु ग¥यौं । करिब १२ बजेको हँुदो हो, हामीले धरानको दुर्गाचोक, कल्याण चोक, मङ्गलबारे, बीच घोपा हुँदै बेल्टारलाई गन्तव्य बनाई साइकल का पाइडल मारिरह्यौं । हाम्रा साइकलका चक्का प्राचिन हरिद्वार को रुपमा परिचित समस्त नेपाली एवम् हिन्दू धर्ममा आस्था राख्ने धर्मावलम्बीबीच प्रसिद्ध तीर्थस्थल चतराधामभन्दा ३ किमि उत्तरमा अवस्थित सप्तकोशी पुलमा गएर मात्र रोकिए । अनि एकैछिन त्यहाँको मनोरम दृश्यको अवलोकन साथै फोटो खिच्यौं ।

कोशी पुलबाट उत्तरतर्फ अन्दाजी ५ किमीको दूरीमा विश्वकै हिन्दूहरुले पुज्ने वराहक्षेत्र मन्दिर पुग्न सकिन्छ । सत्य युगमा भगवान विष्णुले वराहको अवतार धारण गरी पृथ्वी लोकलाई बचाउनुभएको किंव दन्ती छ, जहाँ स्वदेश तथा छिमेकी राष्ट्र भारतबाट दैनिक सयौं तीर्थालु दर्शनार्थ आउने गर्छन् ।साथै कोशी पुलबाट सिम्लेसम्म जल यातायातको रुपमा पानी जहाज सञ्चालनमा आएको छ, जसले गर्दा भोजपुरलगायत विभिन्न जिल्ला पुग्न सजिलो भएको छ । साथै जलयात्राको आनन्द लिने पर्यटकको घुइँचो पनि धेरै नै लाग्ने गर्छ । साथै पुलको किनारमा अति स्वादिष्ट खाना पाइने १ दर्जन होटेल रेष्टुरेण्टहरुले फुड टुरिजमको कन्सेप्टलाई प्रवद्र्धन गरेको छ । अनि पुलबाट आकाश मा हे¥यो भने ठूला–ठूला चिल जस्तै देखिने प्याराग्लाइडबाट नदीमाथि चराजस्तै स्वच्छन्द रुपमा उडिरहेको देख्न पाइन्छ । करिब आधा घण्टाको बसाइमा थकान पनि मेटियो अनि पुलदेखि २ किमिको दूरीमा रहेको चर्चित रेष्टुरेण्ट पलेटीमा पलेटी मारेर खाना खाने सल्लाह गर्दै निस्कियौं र पलेटीमा खाना खाई २ बजेतिर फेरि बेल्टारतर्फ नै साइकलको पाङ्ग्रालाई सोझ्यायौं । अलिकति ओराला,े अलिकति उकालो नागबेली परेको कालोपत्रे सडकको दायाँ सप्तकोशी नदी बायाँतर्फ चुरे पहाडको बीचमा सरररर साइकल चलाउँदाको आनन्द नै बेग्लै ।

सबैजना त्यही आनन्दमा मस्त हुँदै रामपुर, सेती खोला, गुरुङ चौरी, लालबन्दी कतिबेला काट्यौं, पत्तै पाएनौं । एक्कासि सुपाडेको एकनासको ठाडो घुमाउरो उकालोले सबैजनालाई एकै ठाउँमा बनायो । एकैछिनको कठोर पेडलिङ्पश्चात् हामीले चौदण्डीगढी नगरपालिका प्रवेशसँगै ओरालो बाटो मा साइकलमा सरररर हुइँकिदा अघि उकालोमा आएको पसिना र लागेको थकानलाई एकैक्षणमा बिर्सन पुग्यांै । उदयपुरको फत्तेपुर र गाईघाट छुट्याउने दोबाटोमा केहीबेर आराम गरी फेरि त्यही लयमा साइकलमा गुडिरह्यौं । पुरानो बजार, बसाहा हुँदै बेल्टार पुग्दा साँझको ५ बज्न लागेको थियो । मध्य पुस महिना भएर ५ बजे नै रात परेको भान हुन्थ्यो । सुमनजङ थापा भाइले हामी लाई चौदण्डीगढी रिसोर्टमा आउनू भन्नुभएकोले सोझै त्यतै तिर लाग्यौं । बजार रमाइलो रहेछ, चिटिक्कको बसपार्क लस्करै बजार, खान–बस्न पाइने साना–ठूला होटेल, अनि लज बसपार्क को छेउमै रहेको रिसोर्टमा पुग्दा मित्र केशव भुजेल, सन्तोष, सुमन भाइलगायत सम्पूर्ण बेल्टारका साइकलप्रेमी मित्रहरुको न्यानो स्वागत अत्यन्तै मीठो लाग्यो । एकैछिन नाम दर्ताको लागि फारम भ¥यौं । सबैकुरा निःशुल्क प्रदान गरेको थियो, आयोजक चौदण्डीगढी नगर पालिका र चौदण्डीगढी साइकल क्लबले । यो बडो चुनौति थियो निःशुल्क यति ठूलो कार्यक्रम गर्नु चानचुने थिएन । सबै साइकल यात्रीको निःशुल्क १० लाखको दुर्घटना बिमासमेत गरिएको थियो । सबैको मोबाइलको म्यासेजमा बिमा गरिएको जानकारी पनि आएको थियो ।

जे होस् आयोजकले सबैतिरबाट कार्यक्रम भव्य बनाउन कुनै कसर बाँकी राखेको थिएन । यसै बारेमा हामी केहीबेर कुरा गर्दै बजार धराने सुजन ताम्राकारजी काठमाडौंबाट आउनुभएको थियो । उहासँग दार्जिलिङपछि बल्ल सँगै साइकल यात्रामा भेट भएको थियो । बडो रमाइलो गफ गर्दै बजार डुल्दा झमक्क रात परिसकेको थियो । दीपक दाइको मोबाइलको घण्टी बज्यो । बन्धनजीले गर्नुभएको रहेछ । पछि थाहा भयो आज हाम्रो महिला साइक्लिस्ट बहिनी आशाको जन्मदिन परेकोले केक काटी जन्मोत्सव मनाउने कार्यक्रम तय भएको रहेछ । हामी हतार–हतार पुग्यौं । बहिनीको जन्मदिनको अवसरमा स्वस्थ जीवनकोे सफलताको शुभकामना दिँदै केक खायौं र खाना खाइवरी बिहान ६ बजे भेट्ने वाचासहित बिदा मागेर सुत्न गयौं । बिहानै ५ बजे मोबाइलको टिङ टिङ टिङ... अलार्मले हामी सबैको निन्द्रा भङ्ग भयो । सबैजना ‘राईड टु’ अङ्कित टि–सर्ट लगाएर साइकलमा बेल्टार बजारको मुख्य चोकतर्फ लागियो । त्यहाँ च्याब्रुङ, धिमे, पञ्चे बाजाको धुनले नयाँवर्ष एवम् नेपाल पर्यटन वर्ष २०२० को स्वागत गरिरहेको भान हुन्थ्यो । लस्करै विभिन्न जातजातिका झाँकी साथै नेवारी सगुन लिएसँगै सम्पूर्ण साइकल यात्री चौदण्डी गढीको उकालोतर्फ आ–आफ्ना साइकल का पाङ्ग्रा सोझ्याउँदै पाइडल मार्न थाल्याै ।

Pusa-28 chaudandigadhima pahilo jhandatolan_photo (1)

सरररर बतास चलिरहेको थियो, जसले घरि घरि साइकललाई नै लडाउला जस्तो गथ्र्यो । मौसम एकदमै चिसो भएको थियो, पानी पर्ला जस्तो कालो बादल देख्दा सबैले यात्रा पूरा गर्न कठिनाइ पो हुन्छ कि भन्ने शङ्का व्यक्त गरेको सुनिन्थ्यो तर पनि आयोजकले यहाँको मौसम यस्तै हो, थाहा नै हुँदैन, फेरि एकैछिनमा परिवर्तन भइहाल्छ भन्ने कुराले सबैलाई ढाडस दिन्थ्यो । यात्राको बीच्च बीच्चमा विद्यार्थीहरुकोे किटक्याट चक्लेट वितरण साथै न्यानो स्वागतले यात्रालाई सहज महसुस गराउँथ्यो । अनि स्वयम्सेवकले बीच्च बीच्चमा दिनुभएको सुन्तला, जुस खाँदै साइक्लिङ धरानका अग्रज दाजुहरु दीपक जोशी, प्रभात दाइको मीठो मीठो यात्रा स्मरण सुन्दै चौदण्डी गढी पुगेको पत्तै पाइएन । त्यहाँ बडो तामझामका साथ कार्यक्रम चलिरहेको थियो । सबै साइकल यात्रीलाई बडो स–सम्मान गरी नेपाली परम्परागत खाना कोदोको ढिँडो, गुन्द्रुकको तरकारी, मकैको भात पस्कनुभएको थियो । जुन एकदमै अविस्मरणीय रहनेछ, सबैको मानसपटलमा । केही क्षण चौदण्डी गढीबाट तराईको समथर भू–भाग अनि उत्तरमा लहरै देखिने हिमाललाई आँखाभरि हेर्दै नेपाल एकीकरणका बेला बनाएको गढी अङ्ग्रेज र मुगलहरुको आक्रमणबाट देशको रक्षा गर्न बनाइएको ऐतिहासिक चौदण्डी गढीमा गर्वको श्वास फेरेर सबैजना हुरुरु ओरालो बाटोमा साइकलसँगै ओरालिँदा मन नै फुरुङ हुन्थ्यो ।

अघि उकालोले लिएको बदला ओरालोमा लिए झैं गुटुङ टुङ ओरालिँदा एकैछिनमा बेल्टार झरियो । त्यहाँ चौदण्डी गढी नगरपालिकाका मेयर श्री खगेन्द्र राई साइकल यात्रीको व्यग्र प्रतीक्षामा बस्नुभएको रहेछ । सबैलाई आत्मीयताका साथ कार्यक्रम सफल बनाउनुभएको भन्दै धन्यवाद साथै बधाई दिँदै साँझको खानाको लागि आग्रह गर्नुभयो । हामी सबै रमाइलो गर्दै खाना खाँदै बीच्च बीच्चमा गाईघाटको साइकले भाइ जितेन्द्र रोइला भाइले लिएर आउनुभएको खयरको खोया बिर्के लगाउँदा ज्याकेट नै फालुँ फालुँ लाग्ने गरी जिउ तात्तिए को अनुभव सुनाउँदै सुत्नका लागि कोठामा गयौं । भोलिपल्ट सबेरै सबैजनासँग बिदा माग्दै कार्यक्रम बडो भव्यता का साथ व्यवस्थापन गर्नुभएको भन्दै आयोजक साथीहरुलाई प्रशंसाका साथै धन्यवाद दिँदै साइकलको पाङ्ग्रालाई पुनः ‘हाम्रो धरान राम्रो धरान’ तिर पाइडल मार्न थाल्यौं ।