Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • चौध किलोको भाले !

चौध किलोको भाले !

alt सांकेतिक तस्विर
  • माघ १०, २०७६
  • रासस

उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिनहरु काटिरहेको छ ।

गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौलको गन्ती शुरु भयो । डेढ महिनाअघि १२ किलो २०० ग्राम रहेको भाले अहिले बढेर १४ किलो पुगेको छ । दैनिक ५० ग्रामका दरले बढिरहेको भालेको तौल १६ किलोसम्म पुग्ने आँकलन कुखुरा पालकको छ । “यो भाले परीक्षणका लागि लामो समय पालिएको हो”, फार्मका सञ्चालक विजय शर्माले भने, “अब यो धेरै समय यहाँ रहँदैन होला ।”

‘ब्रोइलर’ कुखुराको आयु र तौलबारे अनुभव लिन नबेची राखिएको उनको भनाइ छ । उक्त भालेले अहिलेसम्म छ किलोभन्दा बढी दाना खाइसकेको छ । उचित हेरचाहले भाले निरोगी छ । “भाले किन्नका लागि धेरैले सोधिरहनुभएको छ, वनभोज जाने या त्यस्तै समूह आए बेच्ने तयारीमा छु”, शर्माले भने । उक्त भालेलाई अहिले बेच्दा बजार मूल्य रु तीन हजार २०० पर्छ । बागलुङ नगरपालिका–३ रातामाटास्थित ‘फार्म’मा पुग्ने जो कोही दङ्ग मानेर भाले हेर्छन् ।

कतिले उचाल्छन् पनि । भालेसँगै हुर्किएका दुई पोथी पनि छन्, जसको तौल आठ किलो पुगेको छ । नाफा घाटा हेर्दा बुढो हुञ्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ । ४५ दिन काटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ । ४५ देखि ६० दिनभित्र कुखुरा बेच्न योग्य हुन्छ । ‘ब्रोइलर’ कुखुराको आयु छदेखि आठ महिनासम्म हुने बताइन्छ । शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा गर्दै अाएका छन् ।

घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । उनलाई व्यवसायमा श्रीमती गीताको दरिलो साथ छ । “१६ वर्ष भयो कुखुरापालनमा लागेको, रु ४५ हजारबाट शुरु गरेको लगानी अहिले रु १२ लाख बढी पुगेको छ”, गीताले भने । शुरुमा घरकै सानो कोठाबाट शर्मा दम्पतीले कुखुरापालन व्यवसाय शुरु गरेका थियो ।

अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहेका छन् । वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन् । एक पटकमा झण्डै रु ६० देखि ७० हजारसम्म मुनाफा निस्कन्छ । बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ । अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो रु २३० मा बिक्री भइरहेको छ । कुखुरापालनसँगै शर्मा दम्पतीको मासु, किराना र खाजा पसल पनि छ ।

‘फ्रेस हाउस’का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट गत आवमा रु एक लाख ९४ हजार अनुदान आएको थियो । त्यसमा रु तीन लाख थपेर मापदण्डअनुसारको व्यवस्थित ‘फ्रेस हाउस’ सञ्चालन गरिएको शर्माले बताए । व्यवसायमा शर्मा दम्पतीको लगाव र मेहनत देखेर गाउँले पनि छक्क पर्छन् । “विदेशको सपनालाई सधैँका लागि त्यागेर गाउँघरमै बसी केही गर्ने सोचका साथ अघि बढेको छु”, शर्माले भने, “परिवार र छिमेकीको पनि राम्रो साथ छ ।”

शर्माले यसअघि रोजगारीका क्रममा तीन वर्ष अरबमा बिताएर फर्किएका हुन् । “अब त मैले पनि विदेश जान दिन्न, यहीँ सुखदुःख गरेर बस्ने हो”, शर्माकी श्रीमती गीताले भनिन्, “ठूलो देश जाने चक्करमा न काम भयो, उल्टै दलालले पैसा खाए ।” वर्षौंदेखि काम गरे पनि कुखुरापालनमा अहिलेसम्म कुनै सरकारी अनुदान नपाएको शर्मा दम्पतीको गुनासो छ । कुखुरापालकका लागि अनुदानभन्दा अनुभव आदानप्रदान र तालीम बढी महत्वपूर्ण हुने उनले बताए ।

सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मोरङ अदालतको नाममा परिवारको ठगीधन्दा
सुन कारोबारको बहानामा अपहरण गरी हत्या
फरार इनरुवाका वडाध्यक्ष पक्राउ
किसान जहिल्यै मारमा
आजको राशिफलः २०८२ साल कात्तिक १७ गते सोमबार
हर्क साम्पाङको पार्टीले पायो आधिकारिकता
दम्पतीमाथि आक्रमण गर्ने एक पक्राउ
बिर्तामोडमा ९ जना जुवाडे पक्राउ
एक हप्ताअघि बेपत्ता युवकको शव भेटियो
आजको राशिफलः २०८२ साल कात्तिक १६ गते आइतबार
अख्तियार इटहरीबाट १९ सय ५३ वटा उजुरी फछ्र्यौट
उद्योगमा विद्युत् कटौतीः रिलायन्स मिल ठप्प हुँदा ४ हजार मजदुरको रोजगारी सङ्कटमा
अविरल वर्षाले देशभरको जनजीवन प्रभावित
राजनीतिक अन्यौलतालाई दलहरूले सहज निकास नदिए अर्को सङ्कट आउन सक्छ: बौद्धिक वर्ग
बादल मडारिँदा किसान त्रासमा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved