Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • चौध किलोको भाले !

चौध किलोको भाले !

alt सांकेतिक तस्विर
  • माघ १०, २०७६
  • रासस

उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिनहरु काटिरहेको छ ।

गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौलको गन्ती शुरु भयो । डेढ महिनाअघि १२ किलो २०० ग्राम रहेको भाले अहिले बढेर १४ किलो पुगेको छ । दैनिक ५० ग्रामका दरले बढिरहेको भालेको तौल १६ किलोसम्म पुग्ने आँकलन कुखुरा पालकको छ । “यो भाले परीक्षणका लागि लामो समय पालिएको हो”, फार्मका सञ्चालक विजय शर्माले भने, “अब यो धेरै समय यहाँ रहँदैन होला ।”

‘ब्रोइलर’ कुखुराको आयु र तौलबारे अनुभव लिन नबेची राखिएको उनको भनाइ छ । उक्त भालेले अहिलेसम्म छ किलोभन्दा बढी दाना खाइसकेको छ । उचित हेरचाहले भाले निरोगी छ । “भाले किन्नका लागि धेरैले सोधिरहनुभएको छ, वनभोज जाने या त्यस्तै समूह आए बेच्ने तयारीमा छु”, शर्माले भने । उक्त भालेलाई अहिले बेच्दा बजार मूल्य रु तीन हजार २०० पर्छ । बागलुङ नगरपालिका–३ रातामाटास्थित ‘फार्म’मा पुग्ने जो कोही दङ्ग मानेर भाले हेर्छन् ।

कतिले उचाल्छन् पनि । भालेसँगै हुर्किएका दुई पोथी पनि छन्, जसको तौल आठ किलो पुगेको छ । नाफा घाटा हेर्दा बुढो हुञ्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ । ४५ दिन काटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ । ४५ देखि ६० दिनभित्र कुखुरा बेच्न योग्य हुन्छ । ‘ब्रोइलर’ कुखुराको आयु छदेखि आठ महिनासम्म हुने बताइन्छ । शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा गर्दै अाएका छन् ।

घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । उनलाई व्यवसायमा श्रीमती गीताको दरिलो साथ छ । “१६ वर्ष भयो कुखुरापालनमा लागेको, रु ४५ हजारबाट शुरु गरेको लगानी अहिले रु १२ लाख बढी पुगेको छ”, गीताले भने । शुरुमा घरकै सानो कोठाबाट शर्मा दम्पतीले कुखुरापालन व्यवसाय शुरु गरेका थियो ।

अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहेका छन् । वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन् । एक पटकमा झण्डै रु ६० देखि ७० हजारसम्म मुनाफा निस्कन्छ । बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ । अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो रु २३० मा बिक्री भइरहेको छ । कुखुरापालनसँगै शर्मा दम्पतीको मासु, किराना र खाजा पसल पनि छ ।

‘फ्रेस हाउस’का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट गत आवमा रु एक लाख ९४ हजार अनुदान आएको थियो । त्यसमा रु तीन लाख थपेर मापदण्डअनुसारको व्यवस्थित ‘फ्रेस हाउस’ सञ्चालन गरिएको शर्माले बताए । व्यवसायमा शर्मा दम्पतीको लगाव र मेहनत देखेर गाउँले पनि छक्क पर्छन् । “विदेशको सपनालाई सधैँका लागि त्यागेर गाउँघरमै बसी केही गर्ने सोचका साथ अघि बढेको छु”, शर्माले भने, “परिवार र छिमेकीको पनि राम्रो साथ छ ।”

शर्माले यसअघि रोजगारीका क्रममा तीन वर्ष अरबमा बिताएर फर्किएका हुन् । “अब त मैले पनि विदेश जान दिन्न, यहीँ सुखदुःख गरेर बस्ने हो”, शर्माकी श्रीमती गीताले भनिन्, “ठूलो देश जाने चक्करमा न काम भयो, उल्टै दलालले पैसा खाए ।” वर्षौंदेखि काम गरे पनि कुखुरापालनमा अहिलेसम्म कुनै सरकारी अनुदान नपाएको शर्मा दम्पतीको गुनासो छ । कुखुरापालकका लागि अनुदानभन्दा अनुभव आदानप्रदान र तालीम बढी महत्वपूर्ण हुने उनले बताए ।

सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
आजको राशिफलः २०८३ साल असार ८ गते सोमबार
असार ८, २०८३
दोस्रो राष्ट्रिय र्ंयाङ्किङ ब्याडमिन्टन प्रतियोगिताको आय–व्यय सार्वजनिक
असार ७, २०८३
विश्वकर्मा कल्याण सेवा समिति धरान–५ को अध्यक्षमा प्रेम विश्वकर्मा चयन
असार ७, २०८३
लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण, तीन जना घाइते
असार ७, २०८३
लागू औषधसहित १३ जना पक्राउ
असार ७, २०८३
लाखौंका भन्सार छलीका सामान बरामद
असार ७, २०८३
बन्दुक बिसाएर बारीमा ‘क्रान्ति’
असार ७, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस
असार ७, २०८३
कवि बम देवानको कविता सङ्ग्रह ‘मनका छालहरू’ सार्वजनिक
असार ७, २०८३
आजको मौसमः कोशीमा भारी वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
असार ७, २०८३
सद्‌गुरुले रचना गरेको ध्यान गर्ने निःशुल्क एप ‘मिराकल अफ माइन्ड’ अब नेपाली भाषामा
असार ६, २०८३
धरानको कक्षा १२ को नतिजाः ५८ प्रतिशत ‘ग्रेडेड’ धरानको नमुना विद्यालय पब्लिक छैटौँ स्थानमा
असार ६, २०८३
शुल्क विवरण बुझाउन धरानका विद्यालयलाई निर्देशन
असार ६, २०८३
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
असार ६, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
आजको राशिफलः २०८३ साल असार ८ गते सोमबार
असार ८, २०८३
दोस्रो राष्ट्रिय र्ंयाङ्किङ ब्याडमिन्टन प्रतियोगिताको आय–व्यय सार्वजनिक
असार ७, २०८३
विश्वकर्मा कल्याण सेवा समिति धरान–५ को अध्यक्षमा प्रेम विश्वकर्मा चयन
असार ७, २०८३
लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण, तीन जना घाइते
असार ७, २०८३
लागू औषधसहित १३ जना पक्राउ
असार ७, २०८३
लाखौंका भन्सार छलीका सामान बरामद
असार ७, २०८३
बन्दुक बिसाएर बारीमा ‘क्रान्ति’
असार ७, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस
असार ७, २०८३
कवि बम देवानको कविता सङ्ग्रह ‘मनका छालहरू’ सार्वजनिक
असार ७, २०८३
आजको मौसमः कोशीमा भारी वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
असार ७, २०८३
सद्‌गुरुले रचना गरेको ध्यान गर्ने निःशुल्क एप ‘मिराकल अफ माइन्ड’ अब नेपाली भाषामा
असार ६, २०८३
धरानको कक्षा १२ को नतिजाः ५८ प्रतिशत ‘ग्रेडेड’ धरानको नमुना विद्यालय पब्लिक छैटौँ स्थानमा
असार ६, २०८३
शुल्क विवरण बुझाउन धरानका विद्यालयलाई निर्देशन
असार ६, २०८३
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
असार ६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क