धरान / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाममा सरकारले नीजि कम्पनिलाई पोस्ने काम गरेको छ । व्यक्तिको नाममा करोडौ अनुदान दिएर राज्यको ढिकुटी दोहोन गरेको छ । तर नीजी कम्पनिहरुले काम भने प्रभावकारी गर्न सकेका छैनन् ।
आर्थिक वर्ष २०७५/०७६ को लागि परियोजनाले सुनसरीको रामधुनी नगरपालिका–६ बकलौरीमा कृषकहरुको सुविधाका लागि कोल्ड स्टोरेज खोल्ने भनेर सम्झौता भएको एक बर्ष वित्न लाग्दासमेत केही काम भएको छैन् ।
कोल्ड स्टोरेज निर्माणका लागि ५ विगाहा जग्गा संरक्षण गरि गत २०७५ चैत्रमा परियोजनासँग कोसी कोल्ड स्टोरेज प्रालि भन्ने कम्पनिसँग सम्झौता भएको थियो । २३ करोड ६६ लाख ३४ हजार लागत मध्य १० करोड अनुदान तथा १३ करोड ६६ लाख ३४ हजार निर्माण कम्पनिले व्यहोर्ने गरि सम्झौता भएको थियो । सम्झौता भएको एक बर्ष वित्न लाग्दा बनाउने भनिएको कोल्ड स्टोर निर्माण शुरु गरिएको छैन् । कोल्ड स्टोरेज निर्माण गर्ने भनिएको रामध्नी –६ स्थित ढाही टोलमा जग्गा हेरचाह गर्ने एक जना राखिएको छ । केही दिन अघि विजुली जडानको भने काम भएको स्थानीयले बताएका छन् ।
काठमाडौं बस्ने सोलुका शेर्पाहरुले प्रस्ताप पारेको र केन्द्रले नै हेरिरहेको  र उनीहरुले सम्झौता गर्दा ९० लाख पेस्की लिएर हालसम्म कुनै काम नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय सुनसरीका अधिकृत दिपेन्द्र पोखरेलले जानकारी दिए । ‘३/४ महिना अघि हामी अनुगमनमा गएका थियौ । केही बनाएको पनि छैन् । कोही मान्छे पनि भेटिएन । त्यही छिमेकीलाई रुग्न लगाएको पाइयो ।’– पोखरेलले भने ।
स्थानीय तहमा कोल्ड स्टरोज बनाउने विषयमा कुनै जानकारी छैन् । आफुहरुलाई कुनै जानकारी नआएको रामधुनी नगरपालिका–६ का वडा अध्यक्ष हेमराज राजधामीले बताए । गत कार्तिक ७ गते अभियान दैनिकमा वातावरणीय प्रभाव अध्ययनका लागि सूचना जारी भए अनुसार कम्पनिले सूचना टाँसका लागि वडा कार्यालयमा सूचना टासका लागि निबेदन दिए अनुसार कार्तिक २० गते सूचना टाँस गरिएको वडा सचिव नन्दकुमार श्रेष्ठले बताए । ‘माथि माथिको सेटिङमा अनुदान लिएर बनाउन खोजेको जस्तो देखिन्छ । स्थानीय तहसँग केही समन्वय छैन् ।’–वडा सचिव श्रेष्ठले भने ।
तत्कालिन कृषी राज्य मन्त्री रामकुमारी चौधरी भएको बेला स्वकीय सचिव शैलेन्द्र राजधामीको सेटिङमा काठमाडौका व्यक्तिलाई निर्माण गर्न दिन लागेको आरोप लग्दैआएको छ । स्थानीय लालपुरा दुग्द्य कृषी सहकारीले प्रदेश सरकारसँग कोल्ड स्टोरेज बनाउनका लागि प्रस्ताव बुझाएको तर बाहिरका मान्छेलाई बनाउन दिएको पाइएको रामधुनी ५ नं. वडा अध्यक्ष डेगराज फुयालले बताए ।
तत्कालिन मन्त्रीका स्वकीय सचिव शैलेन्द्र राजधामीले टेण्डरका आधारमा परियोजनाले सोलुका ल्हाक्पा गेल्जेन शेर्पाको कम्पनिले पाएको बताए । काम के हुदैंछ भन्ने विषयमा आफुलाई जानकारी नभएको उनको भनाई छ । यस विषयमा बुझन कम्पनिका सम्पर्क व्यक्ति ल्हाक्पा गेल्जेन शेर्पालाई ९८५१२११८९९ नं. मा पटक पटक समपर्क गर्दा फोन उठाएनन् ।