धनकुटा/ पर्यटन वर्ष सन् २०२० लाई सहयोग पु¥याउने उद्देश्यले राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाले आयोजना गरेको २ दिने सुन्तला टिपी खाने मेला बिहीबार सम्पन्न भएको छ ।

पर्यटन वर्ष सन् २०२० लाई प्रचार –प्रसार गरी कृषि पर्यटनलाई सहयोग पु¥याउने उद्देश्यले सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेले आयोजना गरेको २ दिने सुन्तला टिपी खाने मेलामा ४ सय जनाले भाग लिएका छन् । सुन्तला बिक्रीबाट पहिलो दिन ५९ हजार र दोस्रो दिन ६१ हजार गरी जम्मा १ लाख २० हजार मूल्य बराबरको सुन्तला बिक्री भएको अनुसन्धान कार्यक्रमका संयोजक डा.उमेशकुमार आचार्यले बताएका छन् ।

केन्द्रले जनाएअनुसार सुन्तला टिपी खाने मेलामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरूले बालबालिकाहरूको लागि ५० र वयस्कका लागि १ सय रुपैयाँको टिकट दर कायम गरेको थियो । तोकिएको दरमा प्रवेश शुल्क तिरेकाहरूले सुन्तला बगैंचामा गएर सुन्तलाको रुखमा चढेर सुन्तला खान पाएका थिए ।

आफै सुन्तला टिपेर लान चाहनेलाई प्रतिव्यक्ति २ सय ५० रुपैयाँको टिकटसँगै ५ किलोसम्म आँट्ने झोला प्रदान गरिएको थियो । सुन्तला टिपेर झोलामा हालेर लैजानका लागि जम्मा ५ सय जनाको कोटा निर्धारण गरिएको भए पनि ४ सय जनामात्र सुन्तला टिपी खाने मेलामा सहभागी भएको केन्द्रले जनाएको छ ।

अनुसन्धान कार्यक्रमले कृषकहरूलाई अनुसन्धान केन्द्रमा सहज पहँुच विस्तार गर्ने, सुन्तला खेती प्रवद्र्धन गर्ने, कृषि पर्यटन प्रवद्र्धन गर्नेलगायतका उद्देश्य राखेर सुन्तला फल टिप्ने मेलाको आयोजना गरिएको जनाएको छ । सुन्तलाजात अनुसन्धान केन्द्रका प्रमुख उमेश आचार्यका अनुसार अनुसन्धान कार्यक्रमले लामो समय अनुसन्धान गरी विकास र सिफारिस गरेका अमिलोजातका विभिन्न जातहरूलाई प्रवद्र्धन गर्ने, कार्यालयको प्रचार–प्रसारमा सहयोग पु¥याउने र विशेष गरेर भ्रमण वर्षलाई लक्षित गरी कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने नै मुख्य उद्देश्य रहेको बताए । सुन्तला फल टिप्ने मेलामा आएका पाहुनाहरू अति नै खुशी भएको आफूले पाएको बताउँदै अझ आफै टिप्न र खान पाउने भएकाले समेत धेरैले रमाइलो मानेको केन्द्रका प्रमुख आचार्यले बताए ।