काठमाडौं/ एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यो योजना मङ्गलबारबाट शुरु भएको छ । एनसेलले दुई साप्ताहिक प्याकहरू २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । २ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र ९५.७७ मा २ जिबी डेटा भोलुमको मजा लिन सक्नेछन् । यस योजनामा ग्राहकले अननेट अर्थात् एनसेल नेटवर्क भित्र कर सहित मात्र रु १.२८ प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन् ।

त्यसैगरी ६ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र रु १९१.५४ मा ६ जिबी (४ जिबी + २ जिबी भिडियो डेटा) को मजा लिन सक्नेछन् । प्याक अन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्लिक्स, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्नेछन् ।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता रहेको छ । यो प्लान अन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरू तुरुन्त सुचारु गर्न सक्नेछन् । साप्ताहिक प्लान अन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिनदेखि ७ दिनको रहनेछ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्ने प्रालिले जनाएको छ ।