यसो भन्छन्ः वराहक्षेत्रका व्यवसायीहरू

alt
  • पुष २९, २०७६
  • ब्लाष्ट खबर

सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउँछ । त्यससँगै सडक पहुँच, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे धनकुटाका पर्यटनकर्मी तथा व्यवसायीहरू यसो भन्छन् ः

रमेशकुमार विष्ट (उवासङ्घ अध्यक्ष)
भ्रमण वर्ष २०२० मा धार्मिक तथा पर्यटकीय क्षेत्रको लागि प्रसिद्ध र सम्भावनाको क्षेत्र भएर पनि वराहक्षेत्रमा व्यवस्थित पर्यटक मैत्री होटल तथा लजको राम्रो व्यवस्था हुन छ्रैन भने अर्कोतिर यहाँ आउने धार्मिक तथा अन्य पर्यटकलाई कसरी ट्रिट गर्ने भन्ने ज्ञानको समेत कमी देखिन्छ । अन्य स्थानमा चालकलाई समेत कसरी पर्यटक मैत्री बनाउन सकिन्छ भनेर तालिम दिएको देखिन्छ तर यहाँ त्यस्तो भएको देखिँदैन । हामी बाहिर जानुपर्दैन । यहाँ छिमेकी भारतका धार्मिक तीर्थालु पर्यटकहरू कार्तिके मेलामा लाखौंको सङ्ख्यामा आउँछन् । उनीहरूको लागि शाकाहारी खाना र होटलको व्यवस्था गरिनुपर्छ । एक दिन आउने पर्यटकलाई बसाइ अवधि बढाउन सकियो भने पनि गतिलो आर्थिक उर्पाजन गर्न सक्छ वराहक्षेत्रले । पाश्चत्य मुलुकबाट आउने मात्र पर्यटक हुन् र अन्य सार्क क्षेत्र तथा आन्तरिकका चाहिँ पर्यटक नभएको भन्ने यहाँको सङ्कुचित सोचाइ हटाउनुपर्छ । नेपालमा सबैभन्दा बढी भारतीय पर्यटकहरू आउँछन् । वराहक्षेत्रमा पनि त्यही अवस्था छ ।

सन्तोष भण्डारी (पर्यटन व्यवसायी)
पर्यटकीय महŒव बोकेको वराह मन्दिर र चतराधामलगायत मन्दिर र देवालयहरू त छँदैछन् । त्यसलाई अझै थपेर लैजानको लागि हामीले जल क्रीडासम्बन्धी जस्तै अहिले कोशी नदीमा जेट वोट चलिरहेको छ, त्यसमा ¥याफ्टिङ सञ्चालन गर्न सकिन्छ । छोटो दूरीको बन्जी जम्पिङ गर्ने वराहक्षेत्रको चावचाबाट प्याराग्लाइडिङ गर्ने स्थलको रूपमा विकास गर्न सकिन्छ । अनि नदी किनारमा रिर्सोटहरू खोल्न सकिन्छ । अहिले वराहक्षेत्र घुम्न आउने पर्यटकको लागि राम्रो खाने बस्ने होटल लजहरूको व्यवस्था छ्रैन । यसलाई मध्यनजर गर्दै जलक्रीडासँगै यहा रिर्सोट, होटल, लजहरू खोल्न सके धेरै पर्यटक भि†याउन सकिने देखिन्छ । होमस्टे पनि सञ्चालन गर्न सकिन्छ । यहाँ यस्तो अवधारणा अझै आएको देखिदैन। यस्ता कुराहरूलाई राज्य, प्रदेश र स्थानीय सरकारले ध्यान दिन सके वराहक्षेत्रकोे पर्यटन विकासमा प्रसस्त समभावना बढेर जान्छ । पर्यटकहरूसँग मनोमानी ढङ्गले पैसा असुल्ने कार्य धेरै नकारत्मक कुरा हो यो बन्द हुनपर्छ । वराहक्षेत्र र चतरामा एक वर्षमा दर्जन बढी मेला र धार्मिक कार्यक्रमहरू हुने गर्दछन् तिनको प्रवर्धन गर्नुपर्दछ।

भक्त श्रेष्ठ (व्यवसायी)
वराहक्षेत्रलाई अन्य विदेशका धार्मिक तथा प्राकृतिक तीर्थस्थल तथा पर्यटकीय स्थलसँग भगिनी सम्बन्ध जोड्न सकिन्छ र पर्यटक आर्कषण गर्न सकिन्छ । वराहक्षेत्रमा नौलो पर्यटनको रूपमा फिसिङलाई समेत विकास गर्न सकिन्छ, वराहक्षेत्रको मुनि रहेको दहमा गोल्डेन मासियर भन्ने माछा पाइन्छ जुन विश्वकै दुर्लभ माछा हो । जो मछुवारसँग खेल्न रुचाउँछ । जसलाई स्थानीय स्तरमा मार्न हामीले रोक लगाएका छाँै । त्यस स्थानलाई फिसिङ सेन्टरको रूपमा विकास गर्न सके विश्वकै पर्यटकलाई तान्न सकिन्छ । नदीमा छोटो दूरीको बन्जी जम्पिङ सञ्चालान गर्न सकिन्छ । तर, यसको लागि सबैभन्दा ठूलो चुनौती भनेको सुविधा सम्पन्न बाटोको रहेको छ । यससँगै यस क्षेत्रको प्रचार प्रसारमा राज्यले ध्यान दिनुपर्दछ । भौगोलिक दृष्टिले सानो भए पनि प्राकृतिक श्रोतसाधनले समृद्ध मनोरम वराहक्षेत्रमा होटल लजको राम्रो व्यवस्था हुनु नितान्त जरुरी देखिन्छ । त्यसै गरी पर्यटकीय व्यवसायसँग सम्बन्धित जनचेतना जगाउन र तालिमको पनि व्यवस्था गर्न आवश्यकता देखिन्छ ।

वृजनन्दन साह (व्यवसायी)
वराहक्षेत्र पर्यटनको हबको रूपमा रहेको छ तर यसको प्रचार प्रसार, दीर्घकालीन योजना, नीति तथा कार्यक्रमको अभावमा नेपाली पर्यटनको म्यापमा यो अझै पनि ओझेलमा रहेको छ । यहाँ नेपालका पूर्वराजादेखि लिएर विभिन्न समयका प्रधानमन्त्रीहरू, राष्ट्रपतिहरू, सांसदहरूको आएका छन् । तापनि ब्राण्डको रूपमा स्थापित वराहक्षेत्रको पर्यटन विकासको लागि कुनै चर्चा परिचर्चा कार्यक्रम संवाद गरिदैन । प्राकृतिक, धार्मिक, जल, साहसिक खेल, कृषिलगायत पर्यटनको असिमित सम्भावना रहेको छ । यस क्षेत्रको पर्यटनको विकासका लागि लगानी आर्कषित गर्न सकिन्छ भने आधुनिक सेवा सुविधाले युक्त होटल लज निर्माण गरिनुपर्छ भने पर्यटकको लागि सबैभन्दा ठूलो चुनौती उनीहरूको सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ । सडक सञ्जालको जाल अझ फिजिनुपर्छ । पर्यटनको विकासका लागि भगिनी सम्बन्ध बनाउने र पर्यटक मैत्री ठोस नीति र योजना तत्काल ल्याउनै पर्ने टडकारो अवस्था यहाँ देखिन्छ ।

रञ्जित लोहनी (सुनचाँदी व्यवसायी)
वराहक्षेत्रमा भ्रमण वर्ष २०२० मनाउने क्रममा धार्मिक तथा प्राकृतिक पर्यटनको अत्यधिक सम्भावना रहेको छ । यहाँ अन्य धेरै पर्यटनका क्षेत्रहरू जस्तै साहसिक खेल, जल पर्यटनको सम्भावना रहेका छन् । यहाँ आउने पर्यटक सँग मनोमानी रूपमा रकम लिने गरिएको छ । यसैगरी वातावरण सरसफाइमा ध्यान दिनुपर्दछ । उनीहरूको सुरक्षा, सुविधालगायतको विषयमा स्थानीय प्रशासनले ध्यान दिनुपर्दछ । ऐतिहासिक दृष्टिले महŒवपूर्ण चतराको प्राचीन औलिया बाबाको मन्दिर र रामधुनी क्षेत्र अव्यवस्थित छन् । यहाँका महन्त र स्थानीय निकायले रामधुनी तीर्थको प्रचार प्रसार तथा पर्यटन क्षेत्र विकासमा ध्यान दिन पनि आवश्यक छ । यहाँको दर्जनौ सङ्घ संस्थाले पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरी जनचेतना जगाउन र पर्यटकीय सुविधा वृद्धि गर्दै यस क्षेत्रको प्रचार प्रसारमा समेत पहल गर्नुपर्ने देखिन्छ ।


दीपक कार्की (यातायात तथा निर्माण व्यवसायी)
भ्रमण वर्ष १९९८ पछि, देशको आर्थिक कायापलटको लागि बनाइएको ‘नेपाल भ्रमण वर्ष २०२० ’ निकै राम्रो कार्यक्रम हो । यसलाई सफल पार्न नेपाल सरकारमात्र होइन प्रदेश तथा स्थानीय निकायदेखि लिएर सङ्घ, संस्था, व्यक्ति, व्यापारी सबै लाग्नुपर्ने देखिन्छ । वराहक्षेत्रको हकमा त्यस्तो भएको देखिँदैन । हाम्रै छिमेकी नगरपालिकाले हजारौं मानिस बोलाएर भ्रमण वर्षको लागि कार्यक्रम गरेको छ । तर, हामी कहाँ कुनै कार्यक्रम भएको छ्रैन। हामीसँग धार्मिक, प्राकृतिकदेखि जल पर्यटनको धेरै सम्भावना रहेको छ तर काम गर्ने सवालमा यस क्षेत्रको प्रचार प्रसार प्रवद्र्धनमा हामी चुकेका छौं । फरक फरक पर्यटनको सम्भावना भएको क्षेत्र तर यसको विकासमा भने पछि पर्नुको सबैभन्दा ठूलो कमजोरी भनेको हाम्रो इच्छाशक्ति नहुनु नै हो । वराहक्षेत्रको पर्यटन विकासका लागि भ्रमण वर्ष कुरिरहनु पर्दैन जस्तो लाग्छ मलाई ।

लक्ष्मी मालाकार (सामाजिक कार्यकर्ता)
धार्मिक पर्यटकीय चार पवित्र क्षेत्र हरिहरक्षेत्र, कुरुक्षेत्र, मुक्तिक्षेत्र र वराहक्षेत्रमध्ये वराहक्षेत्र अग्र स्थानमा रहेको छ । यसको विकास, प्रचार प्रसारमा सबैभन्दा पहिलो आँखा भनेको नेपाल सरकारको लाग्नु पथ्र्यो तर त्यसो भएको देखिदैन । अहिले प्रदेश र स्थानीय सरकार छन् । तिनले पनि यसलाई विशेष चासो र महŒवका रूपमा लिएको छ जस्तो लाग्दैन मलाई । कुनै पनि स्थानको त्यसमा पनि वराहक्षेत्रको विकासमा पहिलो आति आवश्यक पूर्वाधार भनेको सडक नै हो । प्रत्येक दर्शनीय तथा पर्यटनस्थलसम्म पक्की सडक सञ्जाल निर्माण गरिनुपर्छ । पर्यटकका लागि राम्रो होटल तथा लज हुनुपर्छ भने उनीहरू आउँदा उनीहरू आफूलाई सुरक्षित अनुभव गर्ने ग्यारेन्टी गरिनुपर्छ । नेपालमा विशेषगरी हाम्रो वराहक्षेत्रमा सबैभन्दा भारतीय पर्यटक आउने गर्दछन् । उनीहरू सँग आत्मीयता र अतिथिको सत्कारमा कन्जुस्याइँ गरिनु हुँदैन ।

सुनसरीलाई आज रातीबाट ...

इनरूवा ।  जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राती ...

हर्क साम्पाङमाथि 'सा ...

ब्लाष्टखबर । धरानस्थित खानेपानीको मुहान क्षेत्र तो ...

लाख नाग्याे सुनकाे म ...

ब्लाष्टखबर । एकैदिन १६ सयले बढेपछि सुनकाे भाउ ताेलामा ल ...

भोजपुरमा च्याङ्ग्रे ...

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका केन्द्र्रमा रहेक ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved