बेरुजुको चाङ स्थानीय तहमा

alt
  • पुष २९, २०७६
  • ७७ पटक पढिएको
  • रासस

खाेटाङ । महालेखा परीक्षकको कार्यालयले यहाँका दश वटै स्थानीय तहमा बेरुजु औल्याएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७५/०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो । पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल गर्नुपर्ने लगायत बेरुजु रकमका आधारमा महालेखाले स्थानीय तहको बेरुजुको मात्रा औँल्याएको हो ।

प्रतिवेदन अनुसार ऐसेलुखर्क गाउँपालिकामा आव २०७५/०७६ मा रु १४ लाख ६१ हजार ७७७ बेरुजु औल्याइएको छ । अघिल्लो आवमा गाउँपालिकामा रु ४० लाख ३४ हजार ५६६ बेरुजु देखिएको थियो । अघिल्लो आवमा रु तीन करोड ३६ लाख ७१ हजार ८०६ बेरुजु पाइएको केपिलासगढी गाउँपालिकामा आव २०७५/०७६ मा रु एक करोड ६२ लाख २८ हजार २८७ बेरुजु देखिएको छ । अघिल्लो आवमा रु ७४ लाख ४६ हजार ४९९ बेरुजु रहेको खोटेहाङ गाउँपालिकामा आव २०७५/०७६ मा रु तीन करोड १८ लाख १९ हजार ३५४ बेरुजु रहेको प्रतिवेदनमा जनाइएको छ । आव २०७४/०७५ मा रु चार करोड ४४ लाख ९८ हजार ९८९ बेरुजु पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आव २०७५/०७६ मा रु एक करोड ३१ लाख २९ हजार ७०१ बेरुजु रहेको छ । आव २०७४/०७५ मा रु चार करोड ५० लाख १३ हजार ६१९ बेरुजु देखिएको हलेसी तुवाचुङ नगरपालिकामा आव २०७५/०७६ मा रु दश करोड २५ लाख दुई हजार ८९९ बेरुजु भटिएको छ । अघिल्लो वर्षमा रु एक करोड १६ लाख ९५ हजार १९५ बेरुजु कायम देखिएको रावाबेँसी गाउँपालिकामा आव २०७५/०७६ मा रु एक करोड ९५ लाख ९५ हजार ९०९ बेरुजु देखिएको छ । आव २०७४/०७५ मा रु दुई करोड ४० लाख छ हजार १६२ बेरुजु पाइएको बराहपोखरी गाउँपालिकामा आव २०७५/०७६ मा रु एक करोड ११ लाख ८१ हजार ४७८ बेरुजु रहेको देखाइएको छ ।

यस्तै, आव २०७४/०७५ मा रु दुई करोड ८७ लाख ५२ हजार ५०१ बेरुजु भेटिएको साकेला गाउँपालिकामा आव ०७५/०७६ मा रु एक करोड २० लाख ७८ हजार ३०१ बेरुजु रहेको प्रतिवेदनले जनाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखा परीक्षण छुटेको छ ।

कोशी महोत्सव: १ लाखब ...

भण्टाबारी/ कोशी गाउँपालिकाको कार्यालयले १ लाखबढी पर्यटक ...

अपडेटः फरार भएका लर् ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका – ६ कदमास्थि ...

लिम्बू पत्रकारमा कुश ...

धरान/ लिम्बू पत्रकार सङ्घ सुनसरीको तेस्रो अधिवेशनबाट कु ...

मोरङमा कलेजको बस पल् ...

 विराटनगर ।  मोरङको धनपालथान गाउँपालिका &ndas ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved