झापा/ झापाको बिर्तामोडमा टाटा मोटर्सले दुई दिने कार मेला शुरु गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ र सिप्रदी टे«डिङको आधिकारिक बिक्रेता अलस्का अटोमोबाइल्स बिर्तामोडले कार मेला सञ्चालन गरेको हो ।

मेलामा निःशुल्क प्रवेश, ‘अन दि स्पोर्ट् फाइनान्सीङ’, पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कन र एक्स्चेन्ज रहेको अलस्का अटोमोबाइल्सका सञ्चालक प्रकाश शिवाकोटीले आइतबार पत्रकार भेटघाटका क्रममा जानकारी लिए । साथै मेलामा लाभान्स, टेस्ट ड्राइभको व्यवस्था, फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ र स्वादिष्ट परिकारहरू उपलब्ध रहेको उनले जानकारी दिए ।

मेलामा ग्राहकहरूले विभिन्न गाडी किनबेच गर्न र टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरू एकै स्थानबाट खरिद गर्न सक्ने मेला आयोजकले जनाएको छ । मेलामा कुनैपनि पुरानो गाडीलाई नयाँ गाडीसँग साट्न र पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कन गरी सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।

मेला आइतबार र सोमबार सञ्चालन हुने बताइएको छ । मेला बिर्तामोडस्थित अलस्का अटोमोबाइल्स तथा टाटा शोरुममा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने भएको छ ।