सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यसस“गै सडक पहुँच, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे पाँचथरका जनप्रतिनिधि र व्यवसायीहरू यसो भन्छन् :


राजेन्द्र अधिकारी (अध्यक्ष, जनसेवा समाज पाँचथर)

सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन तीनै तहका सरकारको सबैभन्दा ठूलो दायित्व रहनेछ । पर्यटकीय क्षेत्रहरूको प्रबद्र्धन, पर्यटनमैत्री संरचनाहरूको निर्माणमा बिशेष ध्यान दिनुपर्दछ । स्थानीयलाई पर्यटनमैत्री वातावरण निर्माणका लागि आवश्यक ज्ञान, सीप र प्रोत्साहन दिनुपर्दछ । निजी क्षेत्र र नागरिक समाजले यसमा सहयोग गर्नुपर्दछ । होटल र घरबास सेवालाई प्रभावकारी र पर्यटनमैत्री बनाइदिनुपर्दछ । स्थानीय उत्पादन तथा रैथाने वस्तुहरूमा विशेष जोड दिनुपर्दछ । पर्यटकीयस्थलहरूको प्रचार–प्रसारमा जोड दिनुपर्दछ ।


युद्धबहादुर बोहोरा (व्यवसायी, घुर्विसे पञ्चमी बजार)

सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो गाउँठाउँको विशेषता र महत्वको बारेमा प्रचार–प्रसार गर्नुपर्दछ, जसले पर्यटकहरूलाई आकर्षित गरेर त्यहाँसम्म पु¥याउन सकोस् । पर्यटन प्रवद्र्धनका लागि स्थानीय सापेक्षतामा आधारित संरचनाहरू निर्माण गर्नुपर्दछ । सुरक्षा व्यवस्थालाई मजबुत बनाउनुपर्दछ । केवल पैसामात्र कमाउने उदेश्य लिनुहँुदैन, पर्यटकहरूको मनोभावना बुझ्ने र जित्ने किसिमको सेवा दिनुपर्दछ । पर्यटक पाहुना हुन् । तसर्थ उनीहरुको सत्कारमा कन्जुस्याईं गर्नुहुँदैन । यति गर्न सके पर्यटन वर्ष सन् २०२० सफल बन्नेछ ।


खगेन्द्र धमला (सचिव, समता नेपाल, पाँचथर)

भ्रमण वर्षलाई सफल र परिणाममुखी बनाउन सरकार र निजी क्षेत्र जति संवेदनशील हुनुपर्ने हो, त्यो नभएको भान हुन्छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलहरूको विकास र प्रवद्र्धनका लागि योजना बनाई बिकास र प्रचार–प्रसार गर्नुप¥यो । गुणस्तरहीन सेवा दिएर धेरै पैसा लिने प्रवृत्ति हामी कहाँ छ । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ । अतिथि देवता हुन् भन्ने कुराको बोध सबैले गर्नुप¥यो । भ्रमण वर्षलाई सफल बनाउन नागरिकस्तरमा चेतना जनचेतना अभिवृद्धि गर्नुप¥यो । घुम्नलाई उचित वातावरण बनाउनुप¥यो ।

जयबहादुर चेम्जोङ (अध्यक्ष कुम्मायक गाउँपालिका पाँचथर)

विशेष गरी अहिले सरकारले सन २०२० लाई पर्यटन वर्षको रूपमा लिएको छ । हामीले पनि गाउँपालिकामा रहेका पर्यटकीय सम्भावना बोकेको धार्मिक स्थल र पर्यटकीय क्षेत्रको पहिचान गरेर मर्मत सुधार गर्ने काम गर्दै आएका छौँ । गाउँपालिकाको मुख्य आकर्षणको केन्द्र कुम्मायक कुसायक धार्मिक क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई भि†याउन मन्दिरको चारैतिरबाट सिँढी निर्माण गर्ने, वृक्षारोपण, पदमार्ग, रेलिङ र पोखरी निर्माण गर्दै आएका छाँै । यो आर्थिक वर्षमा पनि एक करोडभन्दा बढी रकम कुम्मायक कुसायकको लागि छुट्याएका छाँै । अब केही दिनमात्र बाँकी रहेको छ । जिल्लाका आठवटा स्थानीयतह बिचको आमन्त्रण गोल्डकप प्रतियोगिता यो प्रतियोगितामा कुम्मायक गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्रको मुख्य झल्को दिने खालका दृश्यसहितको ब्यानर राख्ने तयारी गर्दै आएका छौँ । यो खेल यही आर्थिक वर्षको वैशाखमा नै परेको छ । प्रत्येक तीन वर्षमा लाग्ने ऐतिहासिक त्रिशाली मेला र पूजा यसलाई पनि हामीले महोत्सवको रुपमा मनाउने तयारी गर्दै आएका छौँ। कुम्मायक गाउँपालिकाको समृद्धि पर्यटन क्षेत्रबाट हुने भएकाले केन्द्र र प्रदेश सरकारसँग सहयोग लिएर यसलाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखेका छौँ ।

जकेन्द्र लावती (अध्यक्ष कुम्मायक–कुसायक क्षेत्र विकाश संस्था पाँचथर)

लिम्बू जातिहरूको तपोभूमि कुम्मायक–कुसायक धार्मिक स्थल पर्यटकीय क्षेत्र हो । यहाँ भारत, वर्मा, चीन र भुटानबाट पर्यटकहरू आउने गरेका छन् । आन्तरिक र बाह्य पर्यटकको मुख्य गक्तव्यको केन्द्र यही धार्मिक स्थल बन्ने गरेको छ । प्रत्येक तीन वर्षमा लाग्ने त्रिशाली मेलामा आन्तरिक बाह्य पर्यटकहरूले गाउँपालिका भरिभराउ हुने गरेको छ । दुवै धार्मिक स्थलको संरक्षण र विभिन्न संरचानको निर्माणमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्राचीन कला र संस्कृति झल्किने सङ्केत र तस्विर धार्मिंक स्थलमा राखिएका छन् । गाउँपालिकामा रहेको रानीगुफा, देवल, सुम्हालुम्म गडी, धुवा राजारानीको मन्दिरलगायत यस क्षेत्रका मुख्य आर्कषण हुन् । हामीले स्थानीय सरकारलाई यस्ता धार्मिक स्थल र पर्यटकीय क्षेत्रको विकास गर्नुपर्छ भन्ने विषयमा सकरात्मक सल्लाह र सुझाव दिँदै आएका छौँ । देशकै ठुलो तमोर लिफ्ट खानेपानी योजना र तमोर जलाशय स्थल अवलोकन गर्न आउने पर्यटकहरूबाट पनि फाइदा लिन सकिने भएकाले प्रचार प्रसार सँगसँगै केन्द्र र प्रदेश सरकारको सहयोगमा यी क्षेत्रलाई आकर्षक पर्यटकीय स्थल बनाउन सकिन्छ ।


तेजेन्द्र चेम्जोङ (होटल व्यवसायी)

हाम्रो गाउँपालिकामा पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना छ । हामीले कसरी पर्यटकहरूलाई गाउँपालिकामा भि†याउन सक्छौँ । यसे विषयमा सोच्न आवश्यक छ । अहिले यासोक बजारमा पर्यटकहरूबाट होटल व्यवसायीहरूले धेरै लाभ लिन सकेका छैनन् । तथापि यस क्षेत्रमा पर्यटकलाई तान्नको लागि पर्याप्त प्रचार प्रसार गर्ने, धार्मिक स्थलको संरक्षण र सरसफाइमा ध्यान दिनुपर्छ । स्थानीयतहले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गनुपर्छ । सम्भव भएसम्म मन्दिरमा भ्यूटावर निर्माण गर्ने धार्मिक स्थलमा रहेको वनजङ्गलको संरक्षण गर्ने जस्ता काम गर्ने हो भने पर्यटकको मुख्य केन्द्र गाउँपालिका बन्ने थियो । अहिले भारतको सिक्किम, दार्जेलिङबाट पर्यटकहरू आउने गरेका छन् । उनीहरूको लागि सुविधासहितका होटल नहुँदा समस्या हुँदै आएको छ । भएका केही होटलले पर्यटकहरूको सामान्य माग धान्दै आएका छन् । पर्यटकहरूलाई आकर्षण गर्न आजैबाट कम्मर कसेर लाग्ने हो भने बेरोजार युवा पर्यटन व्यवसायबाट आत्मनिर्भर बन्न सक्ने थिए । यस विषयमा स्थानीयतह गम्भीर बन्नुपर्छ ।